अपग्रेडेड नयाँ सेरेस ३ इलेक्ट्रिक एसयुभी यसै साता सार्वजनिक हुँदै

अपग्रेडेड नयाँ सेरेस ३ इलेक्ट्रिक एसयुभी यसै साता सार्वजनिक हुँदै

काठमाडौं, असार १०

नेपालका लागि सेरेसको आधिकारिक विक्रेता एमएडब्लु बृद्धि अटोकर्पले सेरेस ३ को अपग्रेडेड भर्सन यसै साता सार्वजनिकगर्ने भएको छ । बलियो बिल्ड क्वालिटी, एस्थेटिक्स, प्रभावशाली रेन्ज, ग्राउन्ड क्लेरेन्स र स्लिक डिजाइजनका कारण नेपालमा छोटो समयमै लोकप्रियता हासिल गरेको सेरेस ३ को अप ग्रेडेड भर्सन बुधबार सार्वजनिक हुन लागेको हो । 

सेरेस ३ को पहिलो भर्सन गतवर्षको नाडा अटो सोमा सार्वजनिक भएको हो जहाँ इभीप्रेमीबाट प्रशंसा बटुलेको हो । अहिले नेपाली सडकमा तीन सयभन्दा बढी सेरेस ३ गुडिरहेका छन् । यसको अफरोड क्षमताका कारण यो समुद्री सतहबाट चार हजार ६ सय ६० मिटर उचाईमा रहेको कोरला पस पुग्ने पहिलो इलेक्ट्रिक एसयुभी बनेको थियो । यसबाट सेरेस ३ नेपालको चुनौतीपूर्ण भूबनोटका लागि सुहाउँदो छ भन्ने पुष्टि हुन्छ ।

ग्राहकको आवश्यकता र रोजाइलाई ध्यानमा राखेर नयाँ सेरेस ३ कम्फोर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । आफ्नो विश्व उपस्थितिलाई बलियो बनाउँदै सेरेस ३ भर्खरै बेलायत, दुबई, पाकिस्तान र फिलिपिन्समा पनि सार्वजनिक गरिएको थियो । यसबाट यो एसयुभीलाई विश्वबजारले रुचाएको र विश्वास गरिएको प्रष्ट हुन्छ ।