पौडी खेल्ने क्रममा डुवेर बेपत्ता युवकको शव फेला

पौडी खेल्ने क्रममा डुवेर बेपत्ता युवकको शव फेला

काठमाडौं, असार १०

चितवन जिल्लाको भरतपुर महानगरपालिका–१३ बाटुली खोलास्थित पोखरीमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीले असार ९ गते फेला पारेको छ । 

बाग्लुङ्ग जिल्लाको काठखोला गाउँपालिका–३ भन्जादेउराली घर भई भरतपुर महानगरपालिका–८ बस्ने २७ वर्षिय सुजन घर्ती पौडी खेल्ने क्रममा आज दिउँसो ३ः०० बजे पोखरीमा डुवेका थिए । सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट खटिएको विपद् व्यवस्थापनसहितको फौजले उनको शव पोखरीबाट बाहिर निकालेको हो ।