तीन अंकले बढ्यो नेप्से, कमाउने भन्दा गुमाउने समुह धेरै्र

तीन अंकले बढ्यो नेप्से, कमाउने भन्दा गुमाउने समुह धेरै्र

काठमाडौं, असार १०

नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज सोमबार भने तीन दशमलव २१ अंकले बढेर दुई हजार ६६ दशमलव १६ अंकमा चढेको छ । सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३९ अंकले बढेर तीन सय ६४ दशमलव ८१ अंकमा चढेको छ ।  नेप्सेमा आज तीन सय २२ वटा कम्पनीहरुको ६६ हजार पाँच सय १९ पटकको कारोबारमा एक करोड सात लाख सात हजार आठ सय ७८ कित्ता सेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबरा रकम पाँच अर्ब सात करोड ७२ लाख ५५ हजार एक सय १६ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा बिकास बैंक, फाईनान्स, जलबिद्युत, लघुवित्त, सामुहिक लगानी कोष र अन्य सहितका छ वटा समुहहरुको सुचक बढेका छन भने बाँणिज्य बैंक, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक र व्यापार समुहको सुचक भने घटेका छन् । नेप्सेमा आज बढी नेपाल फाईनान्सले सबैभन्दा बढी कमाएका छन् भने बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी गुमाएको छ । मेरो माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्थाको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।