नेपाल प्रहरीका केन्द्रीय सह–प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी

नेपाल प्रहरीका केन्द्रीय सह–प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी

काठमाडौं, असार १० 

नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी सह–प्रवक्ता तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीलाई केन्द्रीय प्रहरी सह–प्रवक्ता तोकिएको उक्त सचिवालयले सोमबार जनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीलाई ९८५१२९२१११ र ईमेल ठेगाना सम्पर्क गर्न सकिने छ ।