प्रथम सहकारी रोजगार मेला–२०८१को समापन कार्यक्रममा कस्ले के भने ?

प्रथम सहकारी रोजगार मेला–२०८१को समापन कार्यक्रममा कस्ले के भने ?

 

काठमाडौं, असार १०

सहकारीले मुलकको अर्थतन्त्र चलायमान गर्न मद्दत गरेको छ
नगन्य व्यक्तिले सहकारी नै बदनाम गरियो ।
डोल प्रसाद अर्याल
मन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय 
हामीले केहि समय अगाडि श्रमाधान रोजगार मेला सम्पन्न ग¥यौं । नेपालमा रोजगारदाता र रोजगारको खोजीमा रहेका नागरीकको विचमा पुलको काम ग¥यौं  । यसैगरी राष्ट्रिय सहकारी महासंघले यो मेला आयोजना गरेर  लामो समयदेखी सहकारीमा लागेका होनाहार नेतृत्व वर्गमा पनि केहि सकारात्मक सुचना दिएको छ । हाल ३१ हजार ४ सय ५० भन्दा बढि सहकारीमा ७३ लाख भन्दाबढि  नागरीकहर आवद्ध रहेको र ४ खर्बभन्दा बढि  वचतको रुपमा रहेको छ । नेपालमा सहकारीको ईतिहास, मुल्य–मान्यता, सहकारीको माध्यमबाट भएको विकास र यसबाट लाखौंको रोजगारी भएको छ । म पनि १३ वर्षसम्म एक सहकारीको अध्यक्ष भएको थिए । त्यतिवेला नेतृत्व गर्दै गर्दा मैले सहकार िबुझ्दैन थिएँ तर अग्रजबाट सिकेर गरेको थिएँ । सहकारीबारे २–३ पक्ष विर्सनु हुदैन । आार्थिक रुपमा सम्पन्न बन्न नसकेको पुस्तालाई सहकारीले पैसा केहो?, वचत कसरी  गर्नुपर्छ र पैसालाई परिचालन गर्न सिकायो । यस्ले सहकारीको माध्यमबाट साना–साना व्यापार–व्यवसायहरुलाई स्थापीत गर्न सक्यो । अर्को सहकारीले उत्पादीत बस्तुलाई बजारसम्म लैजान ठूलो सहयोग गरेको छ । हामीले यी कुरालाई चटक्कै विर्सन्छौं । तर समाजमा रहेका नगन्य व्यक्तिहरुले सहकारीमा आएर अपराध गर्छन, यसो गर्दा हामीले समग्र संस्थालाई नै बदनाम गरियो । बदनाम गर्नका लागि संघ, महासंघ लगायतका संस्था खोलेर लागियो । फेरी यस्का पछाडि त्यहि नीति नीयम बनाउनेहरु, सहकारीका अभियन्ता भएका छन् । 

सहकारीले गाउँका कृषकलाई बजारसम्म ल्याउन सहयोग गरेका छन् । घरमा उत्पादन गरेका एक माना दुध, घिउ, मह लगायतका उत्पादन विक्रि गर्न सहकारीले वातावरण बनाएको छ । हरेक टोल–टोलमा पुगेर सहकारीले वचतदेखी उत्पादनलाई बजारसम्म लैजानेमा गरेको कोशिसमा हामि बोल्न डराइरहेका छौं । 
अहिले एउटा जमात सहकारी ठगी गर्ने थलो हो भनेर बहस गर्न व्यस्त छ । अर्को जमात आफुहरुले राखेका अवैध सम्पत्ती कसरी परिमार्जन गर्न सकिन्छ भनेर लागिरहेका छन् । तर सहकारीले यो देश परिवर्तन गर्नका लागि मुलकको अर्थतन्त्र चलायमान गर्न मद्दत गरेको छ भनेर विर्सनु हुदैन र यसबारे बहस गर्नुपर्ने बेला भएको छ । सहकारीबारे पार्टीहरुभित्र पनि बहस चलाउनुस, सहि के हो र गलत केहो छुट्याउन कोशिस गर्नुस । त्यसकारण कोहि व्यक्तिको पछाडि र कोहि संस्थाको पछाडि लागेर हामी कहि पुग्न सक्दैनौं । सबैको उद्देश्य भनेको देशलाई समृद्ध बनाउनु हो ।  नागरीकलाई देशमा बस्न लायक बनाउनु हो । विदेश जानेलाई रोक्नेभन्दा पनि कसरी बस्न लायक देश बनाउने भन्ने वहस गर्दैनौं ।  बरु  एक पटक विदेश गएर फर्केकालाई फेरी विदेश जान  नपर्ने बनाइदिन अनुरोध गर्दछु ।

हामी पनि गाउँबस्तीमा हुर्केर शहर पसेका हौं । यसलाई बिर्सनु हुदैन । हामीले कहिल्यै पनि विकासलाई रोक्न सक्दैनौं । मानिसको ईच्छा आकांक्षा असिमित हुन्छन् । त्यसकारण सिक्नेक्रममा विदेश जाँदैमा गलत भैहाल्दैन । विदेशमा पुँजी, ज्ञान र सीप प्राप्त गर्न सकिन्छ । ती सबै विदेशबाट नेपाल फर्केपछि फेरी बाहिरीने वातावरण नबनाउनको लागि काम गर्न आवश्यक छ । सरकारले  नागरीकलाई राज्य भएको महसुस गर्नुपर्छ । त्यो भएमात्रे नागरीक टिक्न सक्छन् ।

नारा र भाषणले एयरपोर्टबाट २१ सय मान्छे बाहिरीए भनेर रोकिनेवाला छैनन् ।  यसकारण साना–साना व्यवसाय मुलुक भित्रै स्थापना गरेर कसरी स्व–रोजगार बनाउन सकिन्छ भनेर सोच्न जरुरी छ । सहकारीको माध्यमबाट ठूलो मात्रामा रोजगार सृजना भैरहेको छ तर यसबारे हामीले समाजलाई बुझाउन सकिरहेका छैनौं । अहिलेसमम सहकारीले गरेको योगदान, देश निर्माणबारे बहस चलाऔं । सहकारीका माध्यमबाट जीवनमा धेरै परिवर्तन भएका नेपाली नागरीकहरु छन् । उनीहरुको कुरा सुनेर सहकार िकिन आवश्यक छ र भविष्यमा अरु के गर्न सकिन्छ भन्नेबारे वहस चलाऔं । 

म श्रमीकको हकहित र कसरी देशमा नागरीकहरुलाई रोक्न सकिन्छ भनेर  हामीले काम गरिरहेको बेला सहकारी रोजगार मेलाले मनोबल बढाएको छ । यस्ता कार्यक्रमहरुमा आगामी दिनमा डुब्लिकेशन नहुनेगरी सँगै मिलर गर्न सके अझ परिणाममुखी हुनसक्छ । यसरी गर्नका लागि अनुरोध पनि गर्दछु । 
सरकारले सहकारीलाई सहयोग गर्ने हो हस्तक्षेप होईन
अहिले सहकारीलाई सच्चिने मौका हो, चुनौतीका वावजुद सहि दिशा लिएर अघि बढ्ने राम्रो अवसर हो

दिपकप्रकाश बास्कोटा
पुर्व अध्यक्ष तथा सल्लाहकार
राष्ट्रिय सहकारी महासंघ ली. नेपाल 

अहिले आएर बल्ल सहकारी सडकदेखी सदनसम्म पुगेको छ । पहिला हामीले चाहेरपनि बहस गरौं भन्दा भएको थिएन । तर सहकारकिो नकारातमक पषमा वहस चल्यो  । सकारात्मक प्रभावबारे वहस चलेको भए हामी सबैले खुशी मान्थ्यौं ।  सहकारकिो नकारात्मक कुरालाई लिएर संसदीय समिती पनि बन्यो र संसदसँग बहस पनि चल्यो । यसले मिडियामा दैनिक समाचार आयो । यसले  सहकारी सबैले सम्झने गरी कान र मुखमा आयो । अब अहिले यसले सहकारीलाई सच्चिने मौका दिएको छ । यो चुनौतीका वावजुद सहकारीहरुले सहि दिशा लिएर अघि बढ्ने राम्रो अवसर हो । हामी सबै सजग होऔं र सल्लाह गरेर निकासा खोजौं । 
मैले सहकारीको धेरै किताब लेखें । सहकारीको ५० वर्षको ईतिहासमा हालम्म छुटेका विषयलाई समेटेर भर्खरै पुस्तक सार्वजनिक गरेको छु । यस्मा सहकारी परिचयसँगै आजको समस्या र समाधानलाई समेटिएको छ । सरकारले सहकारीलाई सहयोग गर्ने हो हस्तक्षेप गर्ने होईन । यो हाम्रो फेलोसफी हो । साथै यो अन्तर्राष्ट्रिय मान्यता पनि हो । अहिले पनि साझा केहि संघ संस्थाहरमा सरकारी हस्तक्षेप छ । सरकारले अवलोकन गर्ने, बदमासी गरेमा कार्बाहि गर्ने हो । तर साच्चैको सहकारीमा जनताको संलग्नता हुन्छ । नेपालमा सहकारीप्रती सरकारको  भुमीका के हुनुपर्ने स्पष्ट हुन सकेको छैन । 

सहकारीको सिद्धान्त बाहिर जानेलाई कार्बाहि हुनुपर्छ
ठगहरुले सहकारी अभियानलाई बदनाम गर्न खोजे
संविधानभन्दा बाहिर गएर सहकारीको नकारात्मक टिप्पणी गर्ने काम नगरौं

 

खगराज अधिकारी
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले सहकारी विभाग प्रमुख
या महत्वपूर्ण काम शुरु भएको छ । नेकपा एमाले भित्र पनि सहकारी भनेको छुट्टै होईन भन्ने पनि रहेछन् । तर राजनीतिक दलहरुभित्र सहकारी अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बा हो भनेर नबुभ्mने वा बुझ्न नचाहने धेरै मान्छेहरु छन् । संविधान मिचेर ठाडै बोल्नेहरु पनि छन् । संविधान आफै बनाउने र त्यसलाई कच्याककुचुक बनाउने पनि छन् । संविधानको संरचनाभित्र समाविष्ट भएकाहरु सहकारीलाई नबुझ्ने पनि छन् । झण्डै ३२ हजारभन्दा बढि सहकारी संस्थाहरु छन् । तीमध्ये ५०–६० ओटा अनियमित छन् । सहकारीताको सिद्धान्तभन्दा बाहिर गएर सञ्चालित छन् । त्यस्तो नेतृत्व तहमा रहेका मानिसहरुले जे गलत काम गरेका छन् । एमालेका नामका मान्छेलाई बाहिरआएर मञ्चमा तमीहरु प्नि कार्बाहिमा हुनुपर्छ भन्ने, अनि भित्रभित्र खुसखुस गरेर मर्ज र डिमर्ज गराउभन्ने नेता पनि छन् । म ती सबैको विरोधीमा छु ।

​​​​​​​

सहकारी स्वच्छ हुनुपर्छ । सहकारीको अभियान, सिद्धान्तबाट सञ्चालीत हुनुपर्छ । सहकारीको सिद्धान्तबाट विचलीत हुनुहुदैन भन्नेमा नेकपा एमाले दृढतापूर्वक उभिएर भन्छ । यस्तो सोच्ने मात्रै नेकपा एमाले हो । यसबाहेक खस्याकखुसुक गर्ने कोहि एमाले होईन । महासंघमै रहेका पनि गलत कामको ढाकछोप गर्न कोहि लाग्छन भने उनीहरुले कान ठाडो पारेर सुने हुन्छ । ठगहरु थोरै छन् । सहि सहकारी अभियन्ताहरु धेरै छन् । उनीहरुमाथी प्रहार गर्ने हो भने ती सहकारीका नाममा नक्कली हुन् । त्यस्ताको पक्षमा हामी कोहि पनि हुदैनौं । त्यसैले केहि ठगहरुले सहकारी आन्दोलनलाई बदनाम गर्न खोजिरहेको बेला सहकारीले के गदौरहेछ र रोजगारी कसरी सृजना गर्ने रहेछ ।
हातमा फोरा उठेका, चरचरी पैताला फुटेका, रगत चुहाएका किसानहरुको र आधारभुत तहका जनताहरुको भलो गर्ने र उनीहरुको थोपा थोपा सित उभाएर घैला भर्ने महा अभियान सहकारीले गरिरहेको छ । यसैले यो जिवित छ । सत्य यहि हो भन्ने कुरा यो सहकारी रोजगार मेला–२०८१ ले पनि देखाएको छ । सहकारी अभियानमाथी प्रहार धनाढ्य, सम्पन्न, ब्ल्याकमेलरहरुले गरे पनि सहकारी पिपलको बोट हो अरुलाई अक्सिजन दिईरहन्छ । यसर्थ सहकारी अभियान कहिल्यै मर्दैन यो अगाडि बढिरहन्छ । ढुक्कका साथ यो मेलाले पनि त्यसैलाई सावित गरेको छ । जस्ले सहकारीमा नक्कली काम गर्छ, त्यो धेरै टिक्दैन । यसैले सहकारी, राज्य र नीजि क्षेत्र एउटै ओदानका ३ खम्बा हुन् । यी ३ वटै भएमात्र सन्तुलन हुन्छ । त्यसैले संविधानभन्दा बाहिर गएर यसको नकारात्मक टिप्पणी गर्ने काम नगरौं । जो वचतकर्ताको वचत फिर्ता गर्न सक्दैनन । त्यसको अनुगमनको काम सरकार कै तर्फबाट कमजोर भएको छ । अनि राजनितीकरण गरेर सहकारीलाई क्षद्विक्षद गरेर सबै सहकारी चोर फटाहा हुन भन्ने ढंगले चित्रित गर्न खोजिएको नितान्त गलत छ । तर सहकारीको नेतृत्वमा पुगेका, केन्द्रिय संघमै पुगेकाले गरेको बदमासी गरेर गलत गरेकाहरु कहिल्यै सहकारीमा नफर्कनु होला । सहकारीलाई कालो धब्बा नलगाउनु होला । सहकारीलाई सवच्छ ढंगले चलन दिनुहोला । सहकारी जिवन्त छ ।
कुल सहकारीमध्ये १.५% खराब भए भन्दैमा राम्रा ९८.५ %लाई लखेट्न भएन
केशव वडाल
पूर्व अध्यक्ष तथा सल्लाहकार
राष्ट्रिय सहकारी महासंघ लि. नेपाल

कृषि सहकारी केन्द्र संघअन्तर्गत मात्रै १२ लाख परिवार आवद्ध छन् । १२ सय ओटा प्राइमरी सहकारी संस्था छन् । जस्मा ७७ प्रतिशत मात्रै महिलाहरु छन् । यस्मा राउटे, कुसुण्डा, जिरेल,सुरेल, बङ्करीया, मुसहर, चमार, राजवंशी, धिमाल, चेपाङ लगायतका अत्यन्त अल्पसंख्यक समुदायहरु आवद्ध भएका छन् । अहिले चर्चा भएको छ, त्यो सहकारी केन्द्रिय संघअन्तर्गतका १२ सय संस्थामध्ये एउटा पनि संकटग्रस्त, समस्याग्रस्तले छोएको छैन । यस्तै अन्य वचत ऋण सहकारी केन्द्रिय संघमा पनि ६३ जिल्ला संघ, केन्द्र, प्रदेश संघमा जोड्दा पनि करीब ११ हजार हाराहारीमा सहकारी छन् । यसमध्येमा यो समस्याग्रस्तमा १–२ ओटा मात्रै परेको जस्तो लाग्छ । तर यहाँ सबै सहकारी सर्वनास भए अब खत्तम भयो की भन्ने ढंगले एउटा माहोल बनाइएको छ । संविधान निर्माण गर्दा पनि सहकारी उैन २०४८ निर्माण गर्दा पनि एउटा शक्तिले सहकारीलाई बलीयो, सवल, सक्षम, स्वायत्त रुपमा अघि बढाउन विरोध गरेको थियो । २०४८ को ऐनले सहकारीमा कुनै पनि प्रकारको कर लिनु हुदैन । सहकारी भनेको कर तिर्ने योग्य नागरीक निर्माण गर्ने हो, १ जोर कमीज शुरुवाल किन्न सक्नेलाई ३ जोर किन्न सक्ने बनायो भने राज्यको करको वृद्धि त्यसरी हुन्छ । यसर्थ सहकारी कर तिर्ने अधिकतम नागरीक निर्माण गर्ने क्षेत्र भएकाले सहकारी अगाडि बढाउनु पर्छ र सहकारीमा कुनै ककर लाग्नु हुदैन भन्नेबारे हामीले पारीद गरेका थियौं । यसोगर्दा २०५६सम्म कर लाग्दैनथियो । तर यसपछि ३० प्रतिशत कर लाग्यो । संघर्ष ग¥यौं २० प्रतिशतमा झ¥यो । संयोगले २७ वर्षपछिको सहकारी ऐन २०७४ बनाउदा संविधान सभामा भएकाले हामीले सामान्यतया ऐनमा करको दर लेखिंदैन तर त्यहाँ हामलिे लेख्यौं । किनभने लेखिएन भने लागू हुदैन भनेर ४ सय ६० गाउँपालीकामा करमुक्त, ६ ओटा महानगरपालीकामा १० प्रतिशत, उपमहानगर पालीकामा साढे ७ प्रतिशत, नगरपालीकामा ५ प्रतिशत भनेर ऐनमै व्यवस्था गरियो । तर गतवर्षको अर्थमन्त्रीले त्यसको शतप्रतिशत कर वृद्धि गर्दिए । अर्थ मन्त्रालयका केहि व्यक्तिले बोलेको सुन्छुः सहकारी विकास कोषमा भएको पैसा त मन्त्रालयमा चाहिन्छ । करीब ७३–७५ लाख सेयर सदस्यले एक कल फोन गर्दा राज्यलाई कर तिरिसकेको छ ।हरेक कलमा कर तिरिसकेको छ । सहकारीले अर्बौं अर्ब तिरेको छ । प्रत्यक्ष कर मात्रै करीब ८–१० अर्ब सहकारीले तिरेको छ । तर सहकारीमा छुट्याउने गरेको बजेटलाई सर्लक्कै घटाइयो । सहकारीले केहि गर्नु पर्दैन भनेर बजेट ३ करोडबाट घटाएर डेढ करोड, यसपछि ३५ लाख र अहिले शुन्य बनाईदिएको छ । सहकारीमा योगदान गर्नु हुदैन भन्ने दृष्टिकोण बनेको छ । सहकारीले के गरेको छ र भन्ने गलत भाष्य बनेको छ ।
राज्यले एक सुका लगानी नगर्दा आज ३१ हजार बढि सहकारीमध्ये १ सय ओटामा गम्भिर समस्या छ । सहकारीको दर्शन, सिद्धान्त, मुल्य, मान्यता, आचरण कार्यशैली विपरित काम गर्ने करीब १ सय सहकारी छन् । यसो गर्ने जोसुकै हुन त्यो दण्डनीय हुन्छ । अर्को ४ सय सहकारीहरु एनजीओ केहो, कम्पनी के हो र सहकारी केहो छुट्याउन नचाहनेहरु छन् । करीब ५ सय सहकारी भनेको कुल सहकारीको १.५ प्रतिशत हो । यसमा समस्या छ । तर बाँकी ९८.५ प्रतिशत सहकारीलाई लखेट्नका निम्ति राष्ट्रव्यापी रुपमा एउटा शक्ति ज्यान फालेर लागेको छ । सहकारीलाई फटाहा बनाउन लागिपरेको छ । राम्रा सहकारीलाई पनि प्रभाव पार्ने टिप्पणी गलत हो । यद्यपी त्यस्ता व्यक्तिबाट भएपनि कमसेकम सहकारबिारे एउटा बहस भएको छ । तथाकथीत सहकारी र साँच्चैको सहकारी छुट्याउन यो वहसले अलिकती मद्दत पनि पु¥याएको छ । अलिककती वहस पनि गरेको छ ।  
जपानको दोस्रो विश्वयुद्धपछि राष्ट्रिय वचत २५ देखी ३० प्रतिशत हुनेगथ्र्यो । जापान यत्तिकै भएको होइन, यसको जग सहकारी र भुमिसुधार हो । सहकारीको विकासको गतिलाई अघि बढाउनको निम्ति जापान सरकार दृढतापूर्वक उभिएको थियो । त्यहांको उद्योगको छाता संगठनले सहकारीलाई राज्यले टेवा नदिए कर नतिर्ने घोषणा गरे । यसपछि राज्यले कर नतिर्नेभए कानुनी कार्बाहि हुन्छ भनेर अघि बढ्यो । त्यहि भएर जापान ५ वर्षअघिसम्म विश्वको सबैभन्दा बलियो अर्थतन्त्र हुने मुलुक थियो । तर नेपालमा राज्य चलाउनेले सहकारीको दर्शन, सिद्धान्त र महतवलाई बोध गरेको छैन । ९७ वर्षका एक व्यक्तिले भनेका थिए ः सदस्य नियन्त्रित भएन भने सहकारी सहकारी हुदैन । 
सडकमा सहकारीविरुद्ध उत्रेकाबाहेक वास्तवमा थुप्रै क्षेत्रमा राम्रो काम गने छन भनेर बुझाउन सक्यौं 
ओमदेवी मल्ल
अध्यक्ष
राष्ट्रिय सहकारी महासंघ ली. नेपाल 

हामीले लगातार सहकारीबारे झकझक्याउने काम गरिरहेका छौं । स्थानीय तहदेखीका नेताहरुलाई बुझाउन जरुरी ठानेर काम ग¥यौं । अब केहि बजेट आएको छ । यसैले अब सातै प्रदेशमा सहकारीका गोष्ठि गर्दैछौं । 
कृषि केन्द्रिय संघले मात्रै ३ हजारभन्दा बढिलाई ईजरायल पठाएर कृषिमा काम गर्न सक्ने तालिमबाट सक्षम बनाएर ल्याएको अवस्था छ । महासंघले धेरै तालिम दिएर सुशासनमा ल्याएको छ । महासंघले डिप्लोमा कोर्ष (डिप्लोमा ईन कोअपरेटिभ म्यानेजमेन्ट कोर्ष)को दुईओटा व्याज उतिर्ण गरिसकेको छ । यो महासंघकैे पहलमा भएको हो, जुन कोर्ष पहिला भारतमा गएर लिईन्थ्यो ।  यस्तै, महासंघकै पहलमा त्रिभुवन विश्वविद्यालयसँग मिलेर स्नातकोत्तरमा ऐच्छिक विषयको पढाइ सञ्चालन भैरहेको छ । गत सालबाटै हुन्थ्यो तर सरकारले बजेट नदिएर भएन । अब अहिले पाठ्यक्रम विकास केन्द्रले नै ९, १० र ११ कक्षाका लागि सिलेवस बनाएर ऐच्छिक विषयमा सहकारीको पनि पढाइ शुरु भैरहेको छ । तर यी कुरा प्रचारप्रसार हुन सकेन । मिडियामार्फत आम सर्वसाधारणसमक्ष यी सबै सन्देश पु¥याउन पनि सहकारी रोजगार मेला आयोजना गरेका हौं ।
एउटै सहकारीले थुप्रैलाई रोजगार दिएको छ । झापाको एनएमसीको एउटा प्रारम्भिक कोअपरेटिभले मात्रै ११ सयभन्दा बढिलाई जागिर दिएको छ ।

मेलामा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का विज्ञ व्यक्तित्वहरुबाट भएको करीएर काउन्सिलिङ कक्षा भयो । यसबाट २ सय जनाभन्दा बढि विद्यार्थी लाभान्वित भए । कसर िव्यक्तिगत विवरण (वायो डाटा) प्रस्तुत गर्ने भननेबारे पनि सिकाइयो । राष्ट्रिय सहकारी महासंघ महाप्रवन्धक, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत, नेपाल वचत तथा ऋण केन्द्रिय सहकारीका सिईओ लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए । बेरोजगार युवाका लागि क्यूआर कोड अर्थात अनलाईनमार्फत व्यक्तिगत विवरण(सिभि) संकलन गर्‍यो । यसको तथ्यांक आउन समय लाग्छ । राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक र नेफस्कुनबाट जागिरकै लागि काउन्सिलिङ गर्ने र जागिरका लागि सिभि संकलन गर्ने काम भएको छ ।

महासंघको ३० वर्षे ईतिहासमा पहिलो मेला गर्‍यो ।  हामीले सहकारी रोजगार मेला पहिलो पटक गरेकाले कति गर्न चुक्यौं वा कती सफल भयौं ? तर शुरुवात गर्‍यो । आगामी वर्षमा भने व्यवस्थित गर्दै जाने छौं । सडक र सदनमा समस्यामा रहेका सहकारीबारे चर्चा भैरहदा कृषि, पर्यटन लगायत क्षेत्रमा पनि सहकारी छ भनेर मेलामार्पmत बुझाउन सफल भएका छौं । हामीले गरेको यो शुरुवातले केहि न केहि रुपमा आम नागरिकलाई सहकारी भनेको सडकमा जाने १०–२० ओटा संस्था मात्रै होईन रहेछ, सहकारी भनेको वास्तवमा यत्ति ठूलो क्षेत्रमा हात हालेर काम गर्ने संस्था रहेछ भनेर जनाउन सक्यौं जस्तो लाग्छ । यो मेलालाई सफल बनाउन सहकारी विभाग, सहकारी बोर्ड, राष्ट्रिय सहकारी बैंक (आर्थिक सहायता), नेपाल वचत तथा ऋण केन्द्रिय संघ, साना किसान सहकारी संघ लगायत थुप्रैले सहायता गरेका छन् ।  
मिडियामार्फत यो जानकारी गर्न आवश्यक छ । अन्तर्राष्ट्रिय सहकारी महासंघ विश्वकै युनाईटेड नेशनपछि दोस्रो ठूलो र पुरानो संगठन हो । नेपालमा त सहकारीमा ५६ प्रतिशत महिला सहभागी छन् । तर नेपालमा मात्रै नभएर विश्वमा सबैभन्दा बढि महिला सहभागिता भएको क्षेत्र भनेको अन्तर्राष्ट्रिय सहकारी महासंघ हो । यसले कुल जनसंख्याको १० प्रतिशतलाई रोजगार दिएको छ । यसमा १ अर्बभन्दा बढि सदस्य आवद्ध छ । विश्वभर ३० लाख सञ्चय  सहकारी छन भने ३ सय ओटा ठूला सहकारी छन् । त्यसको कारोबार मात्रै २.१ ट्रिलियन डलरबाट बढेर २.२५ ट्रिलियन डलर बराबरको वार्षिक कारोबार गर्दै आएको छ । यो ठूलो क्षेत्र हो तर हामीलाई त्यो किसिमले हेरिंदैन । 
संयुक्त राष्ट्र (युनाइटेड नेशन)ले सन् २०१२ लाई अनतर्राष्ट्रिय सहकारी वर्ष घोषणा ग¥यो । अब दोस्रो पटक सन् २०२५ लाई फेरी युनाइटेड नेशनले अनतर्राष्ट्रिय सहकारी वर्ष भनेर घोषणा गरिसकेको छ । यसको नारा पहिलाकै ‘कोअपरेटिभ विल्ड द बेटर वल्ड’ भनेर निरन्तरता दिने भनेको छ । अन्तरराष्ट्रिय तहको संस्थाले सहकारलिाई यत्ति धेरै प्राथमिकता दिएको छ । आज  विश्वकै ठूलो सहकारी मध्ये भारत १–२ नम्बरमा छ । भारतको दिल्लीमा नोभेम्बरमा ग्लोवल कोअपरेटिभ कन्फेरेन्समा हुदैछ । त्यसको सबै खर्च सरकारले व्यहोरेको अवस्था छ । सोहि सम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी वर्ष भनेर घोषणा गर्ने योजना छ ।