गरिमा क्यापिटलको सञ्चालक समिति हेरफेर

गरिमा क्यापिटलको सञ्चालक समिति हेरफेर

काठमाडौं, असार ११

गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिती फेरबदल भएको छ । कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकको रुपमा नैना नेपाल ढकाल नियुक्त भएका छन भने यस कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी संजू प्रसाद जैसवाल सञ्चालकको रुपमा नियुक्त भएका छन् ।  

सञ्चालक समितिमा दुई व्यक्ति थप भएपछि कम्पनीमा दिपक पाण्डेयको अध्यक्षतामा अनिल रेग्मी, संजु प्रसाद जैसवाल, महेश प्रसाद काफ्ले र नैना नेपाल ढकालको सहितको पाँच सदस्यीय सञ्चालक समिती बनेको छ । समितीमा रेग्मी र जैसवाल सञ्चालक रहेका छन् भने बाँकी दुई स्वतन्त्र सञ्चालक रहेका छन ।