अवैध लागूऔषधसहित चार जना पक्राउ

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं, ११ असार

झापाको गौरिगञ्ज गाउँपालिका–१ कुञ्जिबारीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय ३० मिलिग्रामसहित सकमल गाउँपालिका–१ बस्ने ३० वर्षीय उद्धव भट्टराईसमेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महाभाराबाट खटिएको प्रहरी उनीहरूलाई पक्राउ गरेको हो । 

बर्दियाको बारबर्दिया नगरपालिका–३ लक्ष्मणपुरबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ १० ग्राम ८ सय ८० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद १२ हजार ९ सय ६० रूपैयाँसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको    छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय उमेश खत्री र उनकै श्रीमती २५ वर्षीया अनिता खत्री रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज, जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको संयुक्त प्रहरीले खत्रीको घर तलासी गर्दा उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।