लिट्मस इन्डस्ट्रिजद्धारा अवसर इक्विटी डाइभर्सिफाइड फण्ड मार्फत लगानी सुरक्षित

लिट्मस इन्डस्ट्रिजद्धारा अवसर इक्विटी डाइभर्सिफाइड फण्ड मार्फत लगानी सुरक्षित

काठमाडौं, असार ११

नेपालमा विद्युतीय तार, केबल तथा कन्डक्टरको अग्रणी उत्पादक लिट्मस इन्डस्ट्रिज लिमिटेड र नेपालको पहिलो घरेलु निजी इक्विटी फन्ड अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानीमा सहकार्य गर्ने रणनैतिक साझेदारी भएको छ । परासी जिल्लामा अत्याधुनिक उद्योग स्थापना गरेर आफ्नो क्षमता विस्तार गर्ने योजना रहेको लिट्मस इन्डस्ट्रिजका लागि यो लगानी एउटा महत्वपूर्ण कोसेढुङ्गा साबित हुनेछ ।

अवसर इक्विटीसँगको सहकार्यले लिट्मस इन्डस्ट्रिजको उत्पादन क्षमतामा वृद्धि गर्नुका साथै कम्पनीको सञ्चालनलाई सुव्यवस्थित बनाउँदै बजार उपस्थितिलाई थप मजबुत बनाउनेछ । यसका साथै उक्त लगानीले कम्पनीलाई, नवप्रवर्तन र उत्कृष्टताप्रतिको प्रतिबद्धता कायम राख्दै, ग्राहकको बढ्दो माग पूरा गर्न अझ सक्षम र सुदृढ बनाउनेछ ।  

लिट्मस इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक रोहित गुप्ताले साझेदारीको बारेमा आफ्नो उत्साह प्रकट गर्दै भन्नुभयो, “हाम्रो दूरदृष्टि र क्षमतामाथि अवसर इक्विटीको विश्वास हाम्रो समूह र कम्पनीको कडा परिश्रम र समर्पणको नतिजा हो । यो साझेदारीले हामीलाई हाम्रो सञ्चालन विस्तार गर्न, द्रुत गतिमा अत्याधुनिकीकरण गर्न र अन्ततः हाम्रा ग्राहकहरूलाई अझ गुणस्तरीय वस्तु र सेवा प्रदान गर्न साथै हाम्रा सरोकारवालाहरूमा कम्पनीको कुशलता र उत्कृष्टताको छापलाई अझ परिष्कृत बनाउन सक्षम बनाउनेछ ।”

“हामीले लिट्मस इन्डस्ट्रिजमा गरेको यो लगानी, आफु संलग्न उद्योगको नेतृत्व गर्नसक्ने र  यथास्थितलाई बदल्दै नवप्रवर्तन मार्फत बजारको मागलाई सम्बोधन गर्नसक्ने, उच्च सम्भावना बोकेका अग्रणी कम्पनीहरूलाई सहयोग गर्ने हाम्रो प्रतिबद्धताको एउटा ज्वलन्त उदाहरण हो । हामी  लिट्मस इन्डस्ट्रिजसँग नजिकबाट सहकार्य गर्न र उहाँहरूको सफलतामा योगदान पुर्‍याउन पाउँदा अत्यन्त उत्साहित छौं, ” अवसर इक्विटी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत र अवसर इक्विटी डाइभर्सिफाइड फण्डका लागि कोष प्रबन्धक श्री ध्रुव तिमिल्सिनाले आफ्नो धारणा व्यक्त गर्नुभयो ।

लिट्मस इन्डष्ट्रिजको बारेम:

लिट्मस इन्डस्ट्रिज लिमिटेड नेपालको अग्रणी तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनी हो । नेपाली तार, केबल तथा कन्डक्टर उत्पादकहरूमध्ये लिट्मस इन्डस्ट्रिज पहिलो र एक मात्र पब्लिक कम्पनी हो । सन् २०१४ देखि रमेश कर्पोरेसनको छातामुनि रहेको लिट्मसले देशको विद्युतीकरण र औद्योगिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । 

नेपाल सरकारद्वारा जलविद्युत विकासका लागि राखेको दूरदृष्टि र कोरेका योजना र प्राथमिकताहरूसँग एकाकार हुँदै लिट्मस इन्डिस्ट्रिजले जलविद्युत प्रसारण र वितरणका लागि चाहिने अन्तर्राष्ट्रिय गुणस्तरका केबल तथा कन्डक्टर उत्पादन र आपूर्ति गर्दै जलविद्युत संरचना विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । 

अवसर इक्विटी डाइभर्सिफाइड फण्ड बारेमा :

अवसर इक्विटी डाइभर्सिफाइड फण्ड, नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दर्ता भएको रु ४.५६ अर्बको क्लोज एन्डेड सेक्टर एग्नोस्टिक निजी इक्विटी फन्ड हो । यो कोषले, नेपालको आर्थिक वृद्धि र विकासलाई अघि बढाउने नयाँ र प्रभावकारी परियोजनाहरूलाई समर्थन गर्दै, उच्च सम्भावना भएका कम्पनीहरूसँग साझेदारी गरी विभिन्न क्षेत्र र कम्पनीहरूमा लगानी गर्दछ ।