नेप्सेमा सामान्य बृद्धि, कारोबार रकम पाँच अर्ब नाघ्यो

नेप्सेमा सामान्य बृद्धि, कारोबार रकम पाँच अर्ब नाघ्यो

काठमाडौं, असार ११

नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन बढेको नेप्से आज मंगलबार पुन पाँच दशमलव ६० अंकले बढेर दुई हजार ७१ दशमलव ७७ अंकमा चढेको छ । सेन्सिटिभ इन्डेक्स पनि आज शुन्य दशमलव २० अंकले बढेर तीन सय ६५ दशमलव शुन्य दुई अंकमा चढेको छ । नेप्सेमा आज तीन सय १९ वटा कम्पनीहरुको ६० हजार आठ सय ५८ पटकको कारोबारमा ९४ लाख ३५ हजार चार सय ५४ पटक सेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम चार अर्ब १८ करोड ७७ लाख ९६ हजार आठ सय ३३ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा बाँणिज्य बैंक, फाईनान्स, निर्जीवन बीमा, अन्य र व्यापार समुहको सुचक घटेका छन् भने बिकास बैंक, जलबिद्युत, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक बढेका छन् । नेप्सेमा आज ग्लोवल आईएमई बैंकको ऋणपत्र ८४-८५ ले सबैभन्दा बढी कमाएको छ भने साधना लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।