११ अंकले नेप्से घट्दा चार अर्ब पाँच करोडको सेयर किनबेच

११ अंकले नेप्से घट्दा चार अर्ब पाँच करोडको सेयर किनबेच

काठमाडौं, असार १२

नेप्से घटेको छ । आज बुधबार नेप्से ११ दशमलव ६० अंकले घटेर दुई हजार ६० दशमलव १६ अंकमा झरेकोमा सेन्सिटिभ पनि दुई दशमलव २७ अंकले घटेर तीन सय ६२ दशमलव ७४ अंकमा झरेको छ । तीन सय पाँच वटा कम्पनीहरुको ५४ हजार सात सय ९३ पटकको कारोबारमा ८७ लाख २७ हजार एक सय ६४ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम चार अर्ब पाँच करोड ८० लाख ४७ हजार सात सय ३४ रुपैंैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा फाईनान्स, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक बढेका छन् भने बाँणिज्य बैक, बिकास बैंक, जलबिद्युत, बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि घटेका छन् । नेप्सेमा आज नेपाल फाईनान्स लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने साधना लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । नेपाल फाईनान्स लिमिटेडको भने आज सबै भन्दा बढी रकम कारोबार भएको छ ।