अटोमोटिभ इनोभेसनमा विश्वकै अग्रणी सोकोन ईसी थर्टी सिक्स भ्यान अब नेपालमा

अटोमोटिभ इनोभेसनमा विश्वकै अग्रणी सोकोन ईसी थर्टी सिक्स भ्यान अब नेपालमा

काठमाडौं, असार १२

एमएडब्लू वृद्धिको पोर्टफोलियोमा पछिल्लो पटक थपिएको सोकोन ईसी थर्टी सिक्स यात्रु भ्यानको यहि असार ११ गते काठमाडौंको रेडिसन होटलमा घोषणा गरिएको छ । भव्य अनावरण कार्यक्रमका मुख्य आकर्षणका रूपमा महानायक राजेश हमाल रहेका थिए भने कार्यक्रममा सोकोन चीनका अधिकारीहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो । एमएडब्लु वृद्धी कमर्सियल भेहिकलका प्रमुख कार्यकारी अधिकृत तुषार गुप्ता र महानायक राजेश हमालले संयुक्त रुपमा सोकोन ईसी थर्टी सिक्सका पहिलो ४१ जना ग्राहकहरुलाई चाबी हस्तान्तरण गर्नुका साथै ग्राहकहरूसँगै केक काटेर यस शुभ अवसरको उत्सव समेत मनाउनु भएको थियो । सोकोन ईसी थर्टी थ्री भ्यानको मूल्य रु. ४५,५०,००० राखिएको छ ।

ईसी थर्टी सिक्स एक ११ सिटे ईभी यात्र भ्यान हो जसले ३०० किलोमिटरको रेन्ज प्रदान गर्दछ । यसको शक्तिशाली ६० किलोवाटको इलेक्ट्रिक मोटर २०० एनएम टर्क उत्पन्न गर्न सक्षम छ भने यसको अधिकतम ग्रेडेबिलिटी ४० प्रतिशत रहेको छ । यसमा जडान गरिएको ४२ के.डब्लू.एच. सी. ए. टी. एल. ब्याट्रीले १.३ घण्टामा २० देखि ८० प्रतिशत र २.५ घण्टामा शुन्य देखि १०० प्रतिशतसम्म छिटो चार्ज गर्ने क्षमता राख्छ । माथिका विशेषताहरूसँग बन्डल भएको १८८ मिलिमिटर को प्रभावशाली ग्राउण्ड क्लियरेन्सले यसलाई नेपाली सडकहरुको लागि उपयुक्त बनाउँछ।

यसका साथै भ्यानमा एबीएस, ईबीडी, रिभर्स राडार र क्यामेरा जस्ता सुरक्षाका सुविधाहरु पनि रहेका छन्। यसमा सामान्यतया महँगो ईभीमा मात्र पाइने रिजेनेरेटिभ ब्रेकिंङ प्रणालीको सुविधा पनि उपलब्ध छ । भ्यानमा प्रयोग गर्न अति सजिलो टचस्क्रिन मल्टिमिडिया इन्फोटेनमेन्ट सिस्टम पनि रहेको छ । एमएडब्लू ग्रुप अफ कम्पनीजका अध्यक्ष विष्णुकुमार अगरवालले भन्नुभयो, “एमएडब्लूले गुणस्तरीय अटोमोबाइल मात्र नभई सर्भिस र स्पेयर पार्ट्सलाई पनि प्राथमिकता दिएको छ । हामी हाम्रा ग्राहकहरुको आवश्यकतालाई प्राथमिकता दिँदै वहाँहरुको भरोसा जित्ने कुरामा विश्वास गर्छौं । सोकोनसँग साझेदारी गरी नेपाली बजारमा ईसी थर्टी सिक्स लन्च गर्न पाउँदा हामी गर्व गछौँ। हामीलाई विश्वास छ यो सफल हुनेछ र ग्राहकहरुको आवश्यकताहरुलाई यसले पूरा गर्नेछ ।

एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरियाले जोड दिँदै भन्नु भयो, “हामी सोकोन ईसी थर्टी सिक्सका ४१ ओटा भ्यानहरु प्रस्तुत भएको यो ऐतिहासिक क्षणको साक्षी बन्न पाउँदा हर्षित छौं। एमएडब्लू वृद्धि उच्चस्तरीय सेवा, गुणस्तरीय स्पेयर पार्ट्स र ग्राहकको सन्तुष्टिलाई न्द्रमा राख्ने आफ्नो प्राथमिकतामा सधैँ अटल छ ।“ सन् १९८६ मा स्थापित सोकोन दक्षिणपश्चिम चीनको सबैभन्दा ठूलो निजी अटो कम्पनी हो । ब्रान्डको रुपमा यसले समृद्ध विश्वव्यापी विरासत मार्फत् आफूलाई प्रमाणित गरेको छ । यो चीनमा ईभी, एसयुभी र एम.पी.भी. हरुको अग्रणी निर्माताहरुमध्ये एक हो । सोको वर्ध र उत्कृष्टता प्रतिको आफ्नो प्रतिबद्धतालाई प्रदर्शन गर्न संयुक्त राज्य अमेरिका, जापान, जर्मनी र चीनमा आर एन्ड डी केन्द्रहरु समेत स्थापना गरेको छ ।

 

हालसम्म कम्पनीले ३५ लाख सवारी साधनहरु विश्वव्यापी रुपमा डेलिभर गरिसकेको छ भने सात लाख युनिटहरुको प्रभावशाली वार्षिक उत्पादन क्षमताको साथ सोकोनले अटोमोटिभ उद्योगमा नयाँ मानकहरु निर्माण गरेको छ । विश्वका ७० देशहरूमा आफ्नो अवस्थितीका साथ सोकोन विश्वव्यापी अग्रणीको रुपमा आफ्नो स्थान सुदृढ बनाउँदै छ ।