समृद्धि फाइनान्सको खरेन्द्रपुर शाखाले मनायो पहिलो बार्षिकोत्सब

समृद्धि फाइनान्सको खरेन्द्रपुर शाखाले मनायो पहिलो बार्षिकोत्सब

काठमाडौं, असार १२

समृद्धि फाइनान्स कम्पनीको खरेन्द्रपुर शाखा कार्यालयले मंगलबार आफ्नो पहिलो बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शाखाले वर्ष दिनमा गरेको प्रगति विवरण प्रस्तुत गरिएको छ। नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले शिवराज नगरपालिकाका स्थानीय व्यापारीहरु, वचतकर्ताहरु, बुद्विजिवि, समाजसेवी, आदिको उपस्थितिमा सम्पन्न गरेको उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले आ–आफ्नो विचार व्यक्त गर्दै फाइनान्सको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए ।

समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।