प्रीमियम इलेक्ट्रिक एस.यू.भी एल ई नेपाल आउने, रेंज ५००+ की मि

प्रीमियम इलेक्ट्रिक एस.यू.भी एल ई नेपाल आउने, रेंज ५००+ की मि

काठमाडौं, असार १२

विश्वको प्रतिष्ठित डिजाइन हाउस शंघाई लॉन्च ऑटोमोटिव को पहिलो प्रीमियम एस. यू. भी. एल ई ०१ को आधिकारिक बिक्रेतमा वेबोर ग्रुप अंतर्गतको नेक्सन वेंचर्स प्रा ली नियुक्त भएको  । ंसंघाई लॉन्च ऑटोमोटिवले आफ्नो पहिलो राइट ह्याण्ड ड्राइभ मोडलको रुपमा तयार पारेको प्रीमियम एस.यू.भी. एल ई ०१ नेपालमा आउने भएको हो । 

वेबर ग्रुपले नेपाली बजारमा एल ई भी ०१ को सुरुवात गर्दैछ, जसले विद्युतीय सवारीको भविष्यतर्फको सकारात्मक कदम चालेको छ । यसले वातावरणमैत्री ड्राइभिङ अनुभव उपलब्ध गराउने छ र नेपाली अटोमोबाइल उद्योगको विकासमा महत्वपूर्ण योगदान पुर्याउने छ । यसले उच्च गुणस्तरीय सेवा प्रदान गरेर ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिने लक्ष्य राखेको छ । ग्राहकको विश्वास प्राप्त गर्न बिक्री पछि सेवा र प्राविधिक सहयोग पनि उपलब्ध हुनेछ ।

प्योर ईवी प्लेटफार्ममा निर्मित प्रिमियम इलेक्ट्रीक एस.यू.भी एल ई भी –०१ को लम्बाई ४६४० एमएम, चौडाई १८७० एमएम, उचाई १६५५ एमएम रहेको छ । यसको ह्वीलबेस २७६० एमएम छ । १९ इन्चको ह्वील रहेको एल ई भी –०१ को ग्राउण्ड क्लियरेन्स १९० एमएम छ । यसमा ६७.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ९९ किलोवाटको मोटर छ । यसले ५००+ किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ । डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ३५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।