नेपाल भित्रियो नयाँ सेरेस ३, इलेक्ट्रिक एसयुभीको मानकलाई पुनः परिभाषित गर्ने विश्वास
काठमाडौं, असार १३
नेपालका लागि सेरेस इभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धि अटोकर्प प्रा लिले अत्याधुनिक फिचर र क्षमताको समीश्रण भएको इलेक्ट्रिक एसयुभी नयाँ सेरेस ३ सार्वजनिक गरेको छ । इलेक्ट्रिक एसयुभीको असीमित क्षमता दर्शाउन ‘लिमिटेडलेसनेस’ अर्थात ‘असीमितता’ ट्यागलाइन प्रयोग गरिएको यो एसयुभी सहरका चिल्ला सडकमा मात्र होइन असहज ग्रामिण भुगोलका लागि पनि उपयुक्त हुनेछ ।
नयाँ सेरेस ३ लाई सेरेसका उपाध्यक्ष जो झोउ र एमएडब्लु वृद्धिका अध्यक्षा विष्णु कुमार अग्रवालको उपस्थितिमा काठमाडौंमा आयोजित भव्य कार्यक्रममा सार्वजनिक गरेका हुन् । नयाँ सेरेस ३ अनावरणको मुख्य आकर्षण स्प्लिट स्क्रिन एलइडी डिस्प्लेबाट नाटकीय रुपमा बाहिर निस्कनु थियो । यो प्रस्तुतिले दर्शकलाई मोहित बनाउनुका साथै यो इलेक्ट्रिक एसयुभीको ट्यागलाइन लिमिटेडले सनेसलाई पनि समेटेको छ ।
एक्सटेरियरलाई व्यापक रिडिजाइन गरिएको सेरेस ३ को अगाडिको बम्परमा परम्परागत लोगोलाई प्रतिस्थापन गरी आधुनिक लुक दिने उद्देश्यले पातलो तर स्पष्ट सेरेस लेखिएको छ । यसको भर्टिकल डेटाइम रनिंग लाइटले कारको सौन्दर्यलाई अझ बढाएको छ । यसको स्टेरिंगमा नयाँ सेरेस लेखिएको जसले सेरेस ३ को इन्टेरियरलाई राम्रो बनाएको छ । क्याबिनमा प्रयोग भएको लक्जरियस डबल कुशन सिट, पर्याप्त लेग रुम र १०.२५ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टमले यात्रालाई अझ बढी शानदार र विलासिता दिनेछ ।पर्फमेन्स र सुविधिमा पनि सेरेस ३ निकै अगाडि छ । यसमा कम्फर्ट, स्पोर्ट र इको ड्राइभ मोडहरु छन् जसको मद्दतले चालकले आफ्नो ड्राइभिंग मोडअनुसार गाडि चलाउन सक्नेछन् ।