राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा देवेश प्रसाद लोहनी

राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा देवेश प्रसाद लोहनी

काठमाडौं, असार १३

राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा देवेश प्रसाद लोहनी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको यही असार नौं गतेको निर्णय अनुसार उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरिएको बैंकले जानकारी दिएको छ ।

बिसं २०५१ सालमा कम्युटर प्रोग्रामर (तह ७) को रुपमा बैंक सेवा प्रवेश गरेका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण तथा सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्सहरु पूरा गरेका छन् ।