सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, असार १३

\सवारी ज्यान मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका–६ लुभु घर भईसोही नगरपालिका–१ इमाडोल बस्ने ३९ वर्षीय श्याम भन्ने लिलेन्द्र श्रेष्ठलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०६२ भदौ १० गतेको फैसलाले ११ महिना ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर इमाडोलबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बबरमहल काठमाडौंमा पठाइएको छ ।