नेप्से सुचक तथा कारोबार रकम दुबै घट्यो

नेप्से सुचक तथा कारोबार रकम दुबै घट्यो

काठमाडौं, असार १३


नेप्से सुचक तथा कारोबार रकम दुबै घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज बिहिबार पनि आठ दशमलव २४ अंकले घटेर दुई हजार २१ दशमलव ९२ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५६ अंकले घटेर तीन सय ६१ दशमलव १८ अंकमा पुगेको छ ।

तीन सय ३३ वटा कम्पनीहरुको ५० हजार दुई सय ८१ पटकको कारोबारमा ८९ लाख एक हजार एक सय ९५ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम तीन अर्ब ७१ करोड ५९ लाख तीन हजार आठ सय २४ रुपैंयाँ कायम भएको छ ।  


नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा बाँणिज्य बैंक, सामुहिक लगनाी कोष र अन्य समुहको सुचक बढेका छन् भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र व्यापार समुहको सुचक घटेका छन् । 


नेप्सेमा आज त्रिशुली जलबिद्युत कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने नेपाल फाईनान्स लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । नेपाल फाईनान्सको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।