नबिल इन्भेष्टमेन्ट बैंकिङ र भुर्गभ सिमेन्टबिच सम्झौंता

नबिल इन्भेष्टमेन्ट बैंकिङ र भुर्गभ सिमेन्टबिच सम्झौंता

काठमाडौं, असार १५

नबिल इन्भेष्टमेन्ट बैंकिङ र भुर्गभ सिमेन्टबिच सम्झौंता भएको छ । केन्द्रीय कार्यालय नारायणचौर, नक्साल काठमाण्डौं स्थित भुगर्भ सिमेन्ट लिमिटेडले सर्वसाधारण (उद्योग प्रभावित क्षेत्र, नेपाल सरकारको स्वीकृती लिइ वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत) मा जारी पूँजीको २० प्रतिशतका दरले प्रति शेयर अंकित मूल्य एक सय रुपैंयाँमा साधारण शेयरको सार्वजनिक निष्काशन गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सो सम्बन्धमा कम्पनी र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडबिच यही असार १३ धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा कम्पनीकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपकराज गिरी र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । 

भुगर्भ सिमेन्ट कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७३-०८-१५ मा प्रा.लि. को रुपमा विधिवत दर्ता गरी२०८०-०३-०७ मा पब्लिक कम्पनीका रुपमा परिणत भई, “गर्भै देखि बलियो” नाराका साथ कपिलवस्तु जिल्लाशिवराज नगरपालिका–०६,मा सिमेन्ट कारखाना तथा नरपानी-खाँचीकोट, अर्घाखाँची जिल्लामा खानी सञ्चालन गर्दै आएको छ । अर्घाखाँची जिल्लाको नरपानी र खााचीकोटमा रहेको खानी नेपाल सरकारले नै ग्लोबल टेण्डर मार्फत बिक्री गरेको उत्कृष्ट चूनढुङ्गा खानी करीव ८ वर्ग कि.मि. मा फैलिएको छ

कारखानाबाट खानीको दुरी करीव ७५ कि.मि. रहेको र  आईईई प्रतिवेदन अनुसार दैनिक करीब ३२०० टनका दरले वार्षिक ९,६०,००० मे.ट. उत्खनन् क्षमता रहनुका साथै उक्त क्षेत्रमा चूनढुङ्गाको भौगर्भिक संचिती १,७८,९८,१०० मे.ट. र माइनएवल १,६१,०८,३०० मे.ट. रहेको छ । कपिलवस्तु जिल्लाको शिवराज ६ मा करीव ११ विघा जग्गामा उद्योगले आफ्नो उत्पादन गर्दै आएको छ । 

कम्पनीले उच्च गुणस्तरको ओ.पि.सी (भुगर्भ सिमेन्ट) तथा पि.पि.सी (अपोलो, क्रिस्टल, देउराली) सिमेन्ट उत्पादन गर्ने कार्य गर्दै आएको छ । यस कम्पनीको वार्षिक उत्पादन क्षमता ६०,००० मे.ट. ओ.पि.सी सिमेन्ट तथा १,५०,००० मे.ट. पि.पि.सी सिमेन्ट रहेको छ । यस कम्पनीको बजार क्षेत्र लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र काठमाण्डौं उपत्यकामा रहेको छ ।