प्रितम श्रेष्ठको ’मायालु’मा दिपिका र मुकुन्दको रोमान्स

प्रितम श्रेष्ठको ’मायालु’मा दिपिका र मुकुन्दको रोमान्स

काठमाडौं, असार १६

गीतकार प्रितम श्रेष्ठलेआफ्नो नयाँ म्यूजिक भिडियो ’मायालु’ सार्वजनिक गरेका छन् ।  ’मायालु’ गीतको संगीत एआई प्रयोग गरेर कम्पोज गरिएको छ, जसमा गायन र संगीत  एआईबाट तयार गरिएको हो । तर, सम्पूर्ण प्राविधिक अवधारणा प्रितम श्रेष्ठले दिएका हुन् । 

\जिक भिडियोमा दिपिका थापा र मुकुन्द भट्टको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ ।  महेश महराले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् । प्रविन थापाको निर्देशनमा तयार पारिएको भिडियोलाई गीतकार श्रेष्ठको युट्युव च्यानल ’प्रितम श्रेष्ठ’ मार्फत सार्वजनिक गरिएको हो । 

यसअघि गीतकार श्रेष्ठले आफ्नो पहिलो म्यूजिक भिडियो ’तिमी हिँड्ने गल्लि’ ल्याएका थिए, जसको शब्द लेखन प्रितम श्रेष्ठ आफैले गरेका थिए भने संगीत तथा गायन गजल गायक थानेश्वर गौतमले गरेका थिए । हाल गीतकार श्रेष्ठ सानफ्रान्सिस्को, क्यालिफोर्नियामा बस्दै आएका छन् ।

उनी सानै उमेरदेखि नेपाली गजल र गीत लेखनमा लागेका थिए । नेपालबाट टाढा भए पनि उनले नेपाली गजल र गीत लेखनलाई निरन्तरता दिइरहेका छन् । 

भिडियो लिंक

https://youtu.be/3alMSytLV_o?si=T3ECYI3b7uE6LE85