झण्डै १५ अंकले घट्यो नेप्से, दुई वटा समुहले कमाउँदा ११ वटाले गुमाए

झण्डै १५ अंकले घट्यो नेप्से, दुई वटा समुहले कमाउँदा ११ वटाले गुमाए

काठमाडौं, असार १६

नेप्से घटेको छ । आज आईतबार नेप्से १४ दशमलव ८३ अंकले घटेर दुई हजार ३७ दशमलव शुन्य नौं अंकमा झरेको छ भने सेन्सिटिभ दुई दशमलव ४२ अंकले घटेर तीन सय ५८ दशमलव ७५ अंकमा झरेको छ । तीन सय २० वटा कम्पनीहरुको ५० हजार नौं सय ५२ पटकको कारोबारमा ९१ लाख ७८ हजार आठ सय ९५ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम तीन अर्ब ६० करोड ७१ लाख ९८ हजार चार सय सात रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा फाईनान्स र उत्पादनमुलक समुहको सुचक बढेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुुचक घटेका छन् । नेप्सेमा आज मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ ।  नेपाल फाईनान्सको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।