प्रभु बैंकद्धारा भिजा बिजनेस डेबिट कार्ड सेवा सुरु

प्रभु बैंकद्धारा भिजा बिजनेस डेबिट कार्ड सेवा सुरु

काठमाडौं, असार १६

प्रभु बैंक लिमिटेडले भिजा बिजनेस डेबिट कार्ड सेवा सुरु गरेको छ । बैंकले भिजा इन्टरनेसनलसँगको सहकार्यमा पूर्ण नविनतम सुविधासहितको प्रभु बिजनेस डेबिट कार्ड सेवा आइतबारदेखि सञ्चालनमा ल्याएको हो । बैंकले आइतबारदेखि सञ्चालनमा ल्याएको यो प्रभु बिजनेस डेबिट कार्ड सेवा अन्तर्राष्ट्रिय रुपमै व्यवसायिक कारोवारको सरल र सुरक्षित विद्युतीय भुक्तानीको माध्यम मानिएको छ ।  

प्रभु बिजनेस डेबिट कार्ड प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्ने र गरिरहेका खाताधनीहरुलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने लक्ष्यसहित यो सेवा सुरु गरिएको हो । बिजनेस डेबिट कार्ड विशेषगरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित रहेको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, कर्पोरेट र व्यापारिक घरानाहरू, स्कुल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्ट, अस्पताल आदिमा यो सेवा लागु हुन सक्ने छ ।  जसले आफ्ना व्यापारी, विक्रेता, आपूर्तिकर्ता र सेवा प्रदायकहरुलाई नियमित रूपमा साना र ठूला भुक्तानी गर्न सहजता हुने जानकारी पनि बैंकले दिएको छ ।

बैंकका अनुसार यो एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो, यसमा कार्ड मार्फत गरिएको भुक्तानी सुरक्षित रहन्छ । बिजनेस डेबिट कार्डको मद्दतले निम्नलिखित भुक्तानी आवश्यकता केन्द्रिकृत गरेर तत्काल लाभ उठाउन सकिने बैंकको भनाई छ । बिजनेस डेबिट कार्डको सहयोगले बिजनेस हाउसहरूले यात्रा र मनोरञ्जन हेडसँग सम्बन्धित आफ्नो खर्चलाई डिजिटलाइज गर्न सक्नेछन् । यस सम्बन्धमा, बिजनेस डेबिट कार्डको मद्दतले टिकटहरू (हवाई र बस) तुरुन्तै अनलाइन वा पीओएस टर्मिनलहरू मार्फत ट्राभल एजेन्टहरुसँग खरीद गर्न सकिन्छ । यसरी व्यवसायिक प्रयोजनमा आफ्ना कर्मचारीहरूलाई कुनै पनि अग्रिम सुविधा प्रदान गर्नु पर्दैन र पछि हिसाब मिलान गर्न र अपरेसन झन्झट कम गर्दै अग्रिम भुक्ता व्यवस्थित गर्न साथै होटल खर्च पनि छुट्याउन सकिने बैंकको भनाई छ । 

यसैगरी बिजनेस डेबिट कार्डको सहयोगले व्यापारिक घरानाहरूले आफ्नो कार्डमार्फत सिधै आफ्नो आपूर्ति र खरिदको लागि भुक्तानी गर्न सक्छन् । उनीहरूले विक्रेताहरूसँग राम्रो छुटको लागि सिधै कुराकानी गर्न सक्छन् । किनकि विक्रेताले उनीहरूको बैंक खातामार्फत तुरुन्तै सुरक्षित रुपमा भुक्तानी प्राप्त गर्दछन् । भुक्तानी प्रविधिमा तीव्र परिवर्तन र विश्वव्यापी रूपमा सहजताका साथ यसलाई अपनाउँदै, बिजनेस डेबिट कार्डहरूले संगठनहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षणको लागि भुक्तानी गरेर उनीहरूको प्रशिक्षण आवश्यकताहरू पूरा गर्न मद्दत पुग्ने बैंकको भनाई छ । 

कमर्स, कन्ट्याक्टलेस पेमेन्ट र ओम्नी–च्यानल खरिदको वृद्धिसँगै व्यापारिक घरानाहरूले आफ्नो व्यवसाय सञ्चालनका लागि डिजिटल पेमेन्ट सोलुसनहरू अपनाइरहेका छन् । बिजनेस डेबिट कार्डले व्यापारिक घरानाहरूका लागि सुरक्षित, भरपर्दो र प्रभावकारी तरिकाले डिजिटल भुक्तानीको सुविधा प्रदान गर्छ । प्रभु बैंकद्धारा सञ्चालनमा आएको यो बिजनेस डेबिट कार्डको मद्दतले व्यवसायिक कारोबारको भुक्तानीमा सहजता भई व्यवसाय प्रर्वधनमा सहजता तथा पारदर्शीता समेत कायम रहने बैंकले जानकारी दिएको छ ।