जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खोटाङ, असार १७

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी बस्ने ५८ वर्षीय शम्भु प्रसाद घिमिरेलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । शम्भुले ती बालिकालाई गत जेठ ५ गतेदेखि पटकपटक जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी चिसापानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।