१६ अंकले बढ्यो नेप्से, दुई वटा समुहले गुमाउँदा ११ वटाले कमाए

१६ अंकले बढ्यो नेप्से, दुई वटा समुहले गुमाउँदा ११ वटाले कमाए

काठमाडौं, असार १७

नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज सोमबा १६ दशमलव २९ अंकले बढेर दुई हजार ५३ दशमलव ३८ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शुन्य एक अंकले बढेर तीन सय ६१ दशमलव ७७ अंकमा पुगेको छ । तीन सय २३ वटा कम्पनीहरुको ४४ हजार एक सय ६९ पटकको कारोबारमा ७१ लाख ६५ हजार सात सय ३५ कित्ता सेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ९९ करोड ९९ लाख ६५ हजार २१ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा फाईनान्स र उत्पादनमुलक समुहको सुचक घटेपनि बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक बढेका छन् ।नेप्सेमा आज हिमालयन ऊर्जा बिकास कम्पनीले सबैभन्दा बढी कमाएको छ भने नेपाल फाईनान्सले सबैभन्दा बढी गुमाएको छ । नेपाल फाईनान्सको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।