नेपाल बैंक लिमिटेड र काठमाडौं महानगरपालिका बीच सम्झौता

नेपाल बैंक लिमिटेड र काठमाडौं महानगरपालिका बीच सम्झौता

काठमाडौं, असार २०

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौं महानगरपालिका बीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । बैंकका अनुसार मंगलबारका दिन काठमाडौं महानगरपालिकाको कार्यालयमा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारले हस्ताक्षर गरेका हुन । 

सो सम्झौता बमोजिम काठमाडौं महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुलाइ बैंकले विशेष छुट सहितको बैंकिङ सेवा उपलब्ध गराउने एवं सामुदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण स्थायी, करार, आंशिक तथा ज्यालादारी प्राविधिक शिक्षक ÷ कर्मचारीहरूले नेपाल बैंक लिमिटेडको सबै शाखाबाट छुट सहित आकर्षक बैंकिंङ सेवा सुविधा पाउने गरी तलबी बचत खाता खोल्न सक्नुका साथै नियमानुसार बैंकले प्रदान गर्ने कर्जा तथा अन्य बैंकिङ सुविधा पाउन सक्नेछन् ।