नेप्से सुचक तथा कारोबार रकम दुबैमा उच्च बृद्धि

नेप्से सुचक तथा कारोबार रकम दुबैमा उच्च बृद्धि

काठमाडौं, असार २०

साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से सुचक तथा कारोबार रकम दुबै उच्च अंकले बढेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से आज बिहिबार १५ दशमलव ४६ अंकले बढेर २१ सय १९ दशमलव ६९ अंकमा चढेकोम सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८४ अंकले बढेर तीन सय ७४ दशमलव ७० अंकमा चढेको छ ।

प्सेमा आज तीन सय १३ वटा कम्पनीहरुको ८४ हजार एक सय २६ पटकको कारोबारमा दुई करोड २१ लाख ६७ हजार छ सय ७८ कित्ता सेयर खरिद भएका छन् । सो अनुुसार आज कुल कारोबार रकम छ अर्ब ४८ करोड २५ लाख ४६ हजार नौं सय ८० रुपैंयाँ पुुगेको छ । नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा हुँदा फाईनान्स र उत्पादनुलक समुहको सुचक घटेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् । नेप्सेमा आज बढी आज आखुखोला जलबिद्युत कम्पनीले सबैभन्दा बढी कमाएको छ भने मैलुङ खोला जलबिद्युत कम्पनीले सबैभन्द्या बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।