यसरी गर्यो सशत्रले राप्ती नदिमा फसेका दुई जनाको सकुशल उद्वार

यसरी गर्यो सशत्रले राप्ती नदिमा फसेका दुई जनाको सकुशल उद्वार

काठमाडौैं, असार २२

दाङ जिल्लाको लमही नगरपालिका–७ हसनापुरस्थित राप्ती नदिमा पानीको बहाव बढी फसेका दुई जनाको सशस्त्र प्रहरीले असार २२ गते सकुशल उद्वार गरेको छ । दुध बिक्री गरी घर फर्कदै गरेका ४८ वर्षिय तुलाराम यादव र ४० वर्षिय दयाराम यादव सो नदिको दोभान फसेका थिए । उनीहरुको सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण कपिलवस्तुबाट खटिएको सुरक्षा फौज सकुशल उद्वार गरेको हो । 

त्यसैगरी सोही जिल्लाको राजपुर गाउँपालिका–२ बेलास्थित राप्ती नदिमा बेपत्ता भएका १८ वर्षिय राजकुमार यादवको खोजीकार्य भईरहेको छ । उनी दुध बिक्री गरी घर फर्कने क्रममा असार २२ गते बिहान करीव ९ः३० बजे सो नदिले बगाएको बताईएको छ । त्यस्तै सोही जिल्लाकै लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुन खोलाको किनारामा फसेका ३३ वर्षिय गोरे क्षेत्रीको समेत सकुशल उद्वार गरिएको छ ।