अविरल वर्षाको कारण डुवानमा परेकाहरुको सकुशल उद्वार

अविरल वर्षाको कारण डुवानमा परेकाहरुको सकुशल उद्वार

काठमाडौं, असार २२

अविरल वर्षाको कारण दाङ जिल्लाको लमही नगरपालिका–८ सतवरिया गाउँमा डुवान परेका २५ जनाको सशस्त्र प्रहरीले असार २२ गते सकुशल उद्वार गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २९ गण दाङ र नं. ४१ रिजर्भ गण अर्जुनखोल दाङबाट खटिएको सुरक्षा फौजले रवर बोटको सहायताले उनीहरुको सकुशल उद्वार गरेको हो ।

सोही स्थानका करीव ५० घरहरु डुवानमा परेका थिए । उक्त घरपरिवारका सामान लगायत पशु चौपायाहरु समेत सुरक्षित स्थानमा सार्ने कार्य जारी रहेको छ ।