चट्ट रुमालमा रोमान्टिक देखिए पुष्प र शिल्पा

चट्ट रुमालमा रोमान्टिक देखिए पुष्प र शिल्पा

काठमाडौं, असार २३

गायक राज सापकोटाले आफ्नो पहिलो गीत ’चट्ट रुमालमा’ सार्वजनिक गरेका छन् । लोक शैलीको यस गीतमा चर्चित गायिका समिक्षा अधिकारीले स्वरमा साथ दिएकी छिन् । यादब लम्सालको शब्दमा रहेको यस गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ ।

गीतलाई पुरुषोत्तम सुवेदीको संगीत संयोजन गरेका हुन् । ​​​​​​डान्सिङ भर्सनको गीतमा पुष्प खड्का, शिल्पा पोखरेल र धुर्ब न्यौपानेको अभिनय रहेको छ । नवराज उप्रेतीले छायाँकन गरेको यस भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन् ।

माइकल चन्दको निर्देशनमा तयार पारिएको भिडियोलाई ’ओएसआर डिजिटल’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । 

भिडियो लिंक

https://youtu.be/YsL9loPIJVY?si=f8q3MRUC5DwJT53-