नेप्सेमा उच्च बृद्धि, तीन वटा समुहले गुमाउँदा १० वटाले कमाए

नेप्सेमा उच्च बृद्धि, तीन वटा समुहले गुमाउँदा १० वटाले कमाए

काठमाडौं, असार २३

नेप्से उच्च अंकले बढेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से २१ दशमलव २७ अंकले बढेर २१ सय ४० दशमलव ९७ अंकमा पुगेकोमा सेन्सिटिभ पनि तीन दशमलव ५२ अंकले बढेर तीन सय ७८ दशमलव २२ अंकमा चढेको छ । तीन सय २५ वटा कम्पनीहरुको ८० हजार आठ सय ३८ पटकको कारोबारमा एक करोड ४० लाख १५ हजार छ सय २२ कित्ता सेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम छ अर्ब २९ लाख ३१ हजार आठ सय ५४ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा बिकास बैंक, फाईनान्स र व्यापार समुहको सुचक घटेका छ् भने बाँणिज्य बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक बढेका छन् । नेप्सेमा आज सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने मैलुङ खोला जलबिद्युत कम्पनीले सबैभन्दा बढी गुमाएको छ । नेपाल इन्फ्रास्ट्रक्चर डेभलमेन्ट बैंक लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।