जुनमा बङ्गलादेशको मुद्रास्फीति स्थिर तर दोहोरो अङ्कको नजिक

जुनमा बङ्गलादेशको मुद्रास्फीति स्थिर तर दोहोरो अङ्कको नजिक

ढाका, २३ असार (रासस/सिन्ह्वा) :

बङ्गलादेशको मुद्रास्फीति जुन महिनामा केही कम भए पनि उपभोक्ता मूल्य निरन्तर उच्च रहेकाले दोहोरो अंकको हाराहारीमा रहेको छ । बङ्गलादेशको तथ्याङ्क विभाग (बीबीएस) को पछिल्लो तथ्याङ्कअनुसार मुद्रास्फीति मे महिनाको तुलनामा जुनमा मुद्रास्फीतिमा सामान्य कमी भएको अर्थात् ९.८९ प्रतिशतबाट ९.७२ प्रतिशतमा झरेको छ ।

बीबीएसले सार्वजनिक गरेको उपभोक्ता मूल्य सूचकाङ्कअनुसार खाद्य मुद्रास्फीति अघिल्लो महिना १०.७६ प्रतिशत रहेकोमा जुन महिनामा केही घटेर १०.४२ प्रतिशतमा झरेको छ । गैरखाद्य वस्तुको मुद्रास्फीति मार्चमा ९.१९ प्रतिशत रहेकोमा जुनमा घटेर ९.१५ प्रतिशतमा झरेको छ । आर्थिक वर्ष २०२३÷२४ (सन् २०२३ जुलाईदेखि सन् २०२४ जुनसम्म) मा देशको औसत मुद्रास्फीति ९.७३ प्रतिशत पुगेको छ जुन आर्थिक वर्षको बजेट लक्ष्य ७.५ प्रतिशतभन्दा धेरै बढी हो ।

अघिल्लो आर्थिक वर्षमा बङ्गलादेशको समग्र मुद्रास्फीति ९.०२ प्रतिशत रहेको थियो । बङ्गलादेशको संसद्ले गत जुन ३० मा आर्थिक वर्ष २०२४÷२५ का लागि ७.९७ ट्रिलियन टाका (६८ अर्ब अमेरिकी डलर) को राष्ट्रिय बजेट पारित गरेको थियो । आर्थिक वर्ष २०७६÷७७ को बजेट प्रस्तावमा आर्थिक वर्ष २०७७÷७८ का लागि ६.५ प्रतिशत रहेको मुद्रास्फीति दरलाई संशोधन गरी छ प्रतिशत कायम गरिएको छ ।