गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको स्वतन्त्र संचालकमा राजेश मानन्धर नियुक्त

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको स्वतन्त्र संचालकमा राजेश मानन्धर नियुक्त

काठमाडौं, असार २३

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको स्वतन्त्र संचालकमा राजेश प्रसाद मानन्धर नियुक्त भएका छन । फाइनान्स संचालक समितिको यही असार २१ गते शुक्रबार बसेको बैठकले मानन्धरलाई रिक्त रहेको स्वतन्त्र संचालक पदमा नियुक्त गरेको बताइएको छ । मानन्धरसँग बित्तिय क्षेत्रमा २६ बर्ष, इन्स्योरेन्स क्षेत्रमा २ बर्ष कार्य गरेको अनुभब रहेको छ ।

संस्थाले मुलुकभरका २३ वटा शाखाकार्यालय, ४ वटा विस्तारित काउण्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकको आवश्यकतालाई मध्यनजर गरी एटिएम सेवा, मोबाइल बैकिङ जस्ता आधुनिक बैकिङ सेवा समेत प्रदान भइरहेको छ ।