नेपाल एसबीआई बैंक लिमिटेडले आफ्नो ३१ औँ वार्षिकोत्सव सम्पन्न

नेपाल एसबीआई बैंक लिमिटेडले आफ्नो ३१ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं, असार २३

नेपाल एसबीआई बैंकले आफ्नो ३१ औं बार्षिकउत्सव मनाएको छ । सो अवसरमा बैंकले शपथ ग्रहण समारोहको आयोजना गरेको थियो जहाँ बैंकका सबै कर्मचारीहरूले बैंकप्रतिको जिम्मेवारी र प्रतिबद्धतालाई स्वीकार गर्ने शपथ लिएका थिए । समारोहलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा सिइओ दीपक कुमार डेले बैंकको उपलब्धिमाथि प्रकाश पारेका थिए । उनले वित्तीय सेवामा अग्रणी र अग्रगामीको रूपमा ब्याङ्कको स्थिति कायम राख्न व्यक्तिगत जिम्मेवारी लिन पनि जोड दिए ।

त्यसैगरी, उप–सिइओ तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पाण्डाले ब्याङ्कको उपलब्धिमा योगदान पुर्याउने सबै स्टाफ सदस्यलाई धन्यवाद दिए र आगामी वर्षहरूमा पनि जारी राख्न अनुरोध गरे । चिफ अपरेटिङ अफिसर यदभेन्दर कान्तले सबै पक्षप्रति कृतज्ञता व्यक्त गर्दै सबै सहभागीलाई धन्यवाद ज्ञापन गरे । बैंकले भर्खरै खोलिएका दुई वटा शाखा, पिडारी चोक, जनकपुर र रामपुर बजार, पल्पा, २२ वटा एक्सटेन्सन काउन्टर, १७ वटा बिएलबी, सात वटा प्रदेश कार्यालय, एक  सय २१ वटा एटिएम र एउटा कर्पोरेट कार्यालयसहित १०० वटा पूर्ण शाखाहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।