राहत र उद्धारका गर्न मुख्यमन्त्रीको निर्देशन

राहत र उद्धारका गर्न मुख्यमन्त्रीको निर्देशन

देउखुरी (दाङ), असार २४

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले अविरल वर्षाका कारण विपद्मा परेकाहरूलाई तत्काल राहत र उद्धारका गर्न निर्देशन दिनुभएको छ । वर्षाका कारण बाढी, पहिरो र डुबानबाट प्रभावित जनताको जनधनको सुरक्षाका लागि राज्यका निकायहरूलाई कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभएको हो । लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी सँग  अविरल वर्षाका कारण भएको क्षतिको जानकारी लिएपछि मुख्यमन्त्री महराले राहत तथा उद्धारमा सकृयता पूर्वक लाग्न निर्देशन गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

विपद्बाट प्रभावित नागरिकको सुरक्षा लुम्बिनी प्रदेश सरकारको पहिलो प्राथामिकता भएकोले जिल्ला विपद् व्यवस्थापन समितिले सबै निकाय सँग सहकार्य गरेर काम गरिरहेको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ । 
अविरल वर्षापछि लुम्बिनी प्रदेशका केही स्थानमा सडक अवरुद्ध भएको छ भन बाढी पहिरोले क्षती पुराउनुका साथै बस्ती डुबानमा परेका छन् । विपद्का कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री महराले उद्धार र राहतलाई सकृयता पूर्वक विपद् व्यवस्थापन समितिले काम गरिरहेको बताएका छन् ।