२० प्रतिशत डाउनपेमेन्ट मै सिट्रोन सी ३ को पेट्रोल भर्सन किन्न पाइने

२० प्रतिशत डाउनपेमेन्ट मै सिट्रोन सी ३ को पेट्रोल भर्सन किन्न पाइने

काठमाडौं, असार २४

सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सलर्सले ८० प्रतिशतसम्म फाइनान्स सुबिधामा सिट्रोन सी ३ को पेट्रोल भर्सन बिक्री गर्ने योजना ल्याएको छ । ग्राहकले देशभरका सबै सिट्रोन शोरुम मार्फत लिन यो योजनाको फाईदा लिन सक्ने कम्पनीले जानकारी दिएको छ । यो नयाँ स्किममा सी३ पेट्रोल कार खरिद गर्दा ग्राहकले २० प्रतिशत डाउनपेमेन्ट गरे पग्ुने जनाइएकोछ । जसअनसार ३६ लाख ५० हजार रुपयाँ पर्ने यो कार किन्नका लागि ग्राहकले सरुुमा सात लाख २० हजार रुपयाँँ भुक्तानी गरे पुग्छ । वाँकी रकमलाई भने सरल किस्तावन्दिमा सात वर्षसम्म ईएमआई भुक्तानी गर्न सकिने छ ।

इलेक्ट्रिक कारको बर्चश्र्च व बढ्दैगएको अटो बजारमा पछिल्लो समय पेट्रोलियम कारको बिक्री बढाउन बिभिन्न कम्पनीले आकर्षकर्ष स्किम ल्याएका छन । सोही क्रममा सांग्रिला मोटर्सले पनि ईभीमा जस्तै २० प्रतिशत डाउनपेमेन्ट गरेर सी३ पेट्रोल भर्सनर्स किन्न सकिने योजना ल्याएको हो । फ्रान्सेली मुल र भारतमा बनेको सिट्रोन सि ३ मा १२०० सीसीको पेट्रोल इन्जिन रहेको छ जसले ८२ पीएस पावर र ११५ एनएम टर्क दिन्छ, ५ स्पीड म्यानअलु ट्रान्समिसनसँग जोडिएको छ । फ्रन्ट–ह्वील ड्राइभ प्रणालीले सुसज्जित यो गाडीले १४० किमी-घन्टाको टप स्पीडमा पग्ुन सक्छ र १९ किमीलिटरको प्रभावशाली माइलेज दिन्छ ।

आराम र सरुक्षाको लागि डिजाइन गरिएको, सिट्रोन सि३ मा १० इन्चको इन्फोटेनमेन्ट सिस्टम, ४ स्पिकर अडियो सिस्टम, इविडी सहितको एबिएस र डुअल एयरब्यागहरू छन् । १८० एमएमको ग्राउन्डक्लियरेन्सको साथ, यो विभिन्न भुमागहरूको लागि निकै उपयुक्त रहेको छ ।