चार अंकले नेप्से घट्दा चार अर्ब ५६ करोडको सेयर किनबेच

चार अंकले नेप्से घट्दा चार अर्ब ५६ करोडको सेयर किनबेच

काठमाडौं, असार २४

अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार भने घटेको छ । नेप्से आज चार दशमलव ६२ अंकले घटेर २१ सय ३६ दशमलव ३५ अंकमा झरेकोमा सेन्सिटिभ पनि शुन्य दशमलव ७६ अंकले घटेर तीन सय ७७ दशमलव ४५ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय २४ वटा कम्पनीह्रुको ५९ हजार नौं सय ७४ पटकको कारोबारमा एक करोड चार लाख ७५ हजार एक सय ८१ कित्ता सेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम चार अर्ब ५६ करोड ९८ लाख ३६ हजार एक सय छ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा फाईनान्स, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक घटेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक घटेका छन् । नेप्सेमा आज समाज लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएको छ भने मैलुङ खोला जलबिद्युत कम्पनीले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।