एक्साइड ब्याट्रीका डिलरहरुकोे जापान भ्रमण सम्पन्न
एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. द्वारा हालसालै आफ्ना च्यानल पार्टनर हरुलाई सात दिने जापान भ्रमण गराइएको छ । उक्त भ्रमणमा तिरुपति बालाजी टायर वल्र्ड, भट्टराई एण्ड ब्रदर्स सप्लायर्स, आरबी इलेक्ट्रिक एण्ड इलोक्ट्रोनिक्स, शिव शक्ति सप्लायर्स, चण्डेश्वरी इलेक्ट्रिक एण्ड इलोक्ट्रोनिक्स सप्लायर्स र आँचल इलोक्ट्रोनिक्स ट्रेडका प्रतिनिधिहरु सहभागीता रहेको थियो ।
एक्साइड ब्याट्रीका बरिष्ठ महाप्रबन्धक सुरेश कुमार तिवारीले नेतृत्व गर्नुभएको यस जापान भ्रमणको क्रममा वँहाद्वारा च्यानल पार्टनर हरुलाई माँयाको चिनो पनि प्रदान गर्नुभएको थियो ।
भ्रमणका क्रममा प्रतिनिधिहरुले जापानको प्रमुख सहर टोकियो, ओसाका र नारितामा अवस्थित विभिन्न पर्यटकीय आकर्षणहरुको अवलोकन गरेका थिए । यस्ता आकर्षणहरु कनाउजी टेम्पल, आसाकूसा टेम्पल, आराशियामा ब्याम्बू ग्रुभ, माउन्ट फुजी, आक्वा लाइन, सूमीदा रिभर, टोकियो डिसनी ल्याण्ड आदि हुन् ।
यसभन्दा अघि यसैगरी च्यानल पार्टनर हरुलाई युरोप भ्रमण गराइएको थियो । एक्साइड ब्याट्रीका अनुसार यस्ता भ्रमणहरुले कम्पनी र च्यानल पार्टनरबिचको सम्बन्ध अझ बलियो र पारस्परिक रुपमा फलदायी हुने बताँउनुभयो । भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने कम्पनीको उद्देश्य रहेको छ ।
गाडी, मोटरसाइकल, इन्भरटर, र सोलार सम्बन्धि एक्साइड ब्राण्डका उच्चस्तरीय ब्याट्रीहरु बजारमा उपलब्ध छन । मुलुकभर विक्री एवं सेवा सञ्जाल भएको एक्साइडले आफ्नो ग्राहकवर्गलाई उच्च गुणस्तरीय उत्पादनहरु प्रदान गर्दै आइरहेको छ । एक्साइडले नेपाली बजारमा अग्रस्थान ओगट्न सफल भएको बताइन्छ ।