नेप्से १५ अंकले बढ्दा पाँच अर्ब ५३ करोडको सेयर किनबेच

नेप्से १५ अंकले बढ्दा पाँच अर्ब ५३ करोडको सेयर किनबेच

काठमाडौं, असार २५

नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज मंगलबार १५ दशमलव ७९ अंकले बढेर २१ सय ५२ दशमलव १४ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५० अंकले बढेर तीन सय ८० दशमलव ९६ अंकमा पुगेको छ । तीन सय १६ वटा कम्पनीहरुको ६६ हजार सात सय १६ पटकको कारोबारमा एक करोड १६ लाख ६१ हजार दुई सय आठ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम पाँच अर्ब ५३ करोड ५९ लाख ५८ हजार आठ सय ८५ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक र व्यापार समुहको सुचक बढेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, लगानी, लघुवित्त र अन्य समुहको सुचक पनि बढेका छन् । सामुहिक लगानी कोष समुहको सुचक भने आज स्थिर रहेको छ । 

नेप्सेमा आज गणपती लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएको छ भने सिद्धार्थ लगानी बृद्धि योजना २ ले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।