मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, असार २५

दाङको गढवा गाउँपालिका–५ धर्मपुर बस्ने ६० वर्षीय देवनारायण चौधरी सोही गाउँपालिका–६ स्थित जनता माविको ग्राउण्डमा सोमबार मृत अवस्थामा फेला परेका छन् । नवलपरासी पश्चिेम, सुनवल नगरपालिका–४ चारघरे स्थित कच्ची बाटोको छेउमा सोही ठाउँ बस्ने ५८ वर्षीय बोधनाथ धिताल सोमबार मृत अवस्थामा फेला परेका छन् । 

पाल्पा, माथागढी गाउँपालिका–५ गणबास बस्ने २८ वर्षीया खुमीसरा बाह्रघरे सोही ठाउँ स्थित झुम्सा खोलामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । रोल्पाको रून्टिगढी गाउँपालिका–४ स्थित चेन खोलामा सोही गाउँपालिका–१ लापाल बस्ने हस्त बहादुर घर्ती मगरकी छोरी ५ वर्षीया प्रशंसा घर्ती मगर सोमबार मृत अवस्थामा फेला परेकी छिन् । 

कास्कीको पोखरा महानगरपालिका–३१ लामागाँउ स्थित बेगनास खोलाको छेउमा सोही महानगरपालिका–३१ चिप्ले बस्ने ४२ वर्षीय राम बहादुर नेपाली सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।