अब स्मार्ट एपमा आबद्ध २०० बढी सहकारीहरूबाट सजिलै नमस्ते पे वालेटमा पैसा लोड गर्न सकिने

अब स्मार्ट एपमा आबद्ध २०० बढी सहकारीहरूबाट सजिलै नमस्ते पे वालेटमा पैसा लोड गर्न सकिने

काठमाडौं, असार २५

स्मार्ट प्लेटफर्मका प्रयोगकर्ताहरूले अब प्लेटफर्मसँग जोडिएका २०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत आफ्नोे आवश्यकता अनुसार नमस्ते पे वालेट सजिलै लोड गर्न र भुक्तानी गर्न सक्नेछन् । यस नयाँ सुविधाले प्रयोगकर्ताहरूलाई घरमै बसेर नमस्ते पे वालेट लोड गर्ने सुबिधा प्रदान गर्दछ, जसले सहकारी संस्थाहरूमा भौतिक रूपमा उपस्थित हुनुपर्ने आवश्यकतालाई घटाउन मद्दत गर्दछ । वालेट लोड गर्ने प्रक्रिया प्रयोगकर्ता– मैत्री छ, जसले गर्दा न्यूनतम प्राविधिक ज्ञान भएका व्यक्तिहरूले पनि सजिलै यस सेवाको लाभ उठाउन सक्नेछन् ।

नमस्ते पे र स्मार्ट बीचको यो सहकार्यले नेपालमा वित्तीय सेवाहरूको डिजिटलाइजेशनमा महत्वपूर्ण योगदान पुर्याउनेछ, जसले गर्दा वित्तीय सेवाहरूको पहुँच बढाउन, वित्तीय समावेशीकरणलाई प्रोत्साहित गर्न र डिजिटल साक्षरतालाई बढावा दिन सहयोग पुर्याउनेछ । नमस्ते पे सधैं नयाँ सेवाहरू जस्तैः युएसएसडी (अफलाइन) मोड, स्प्लिट बिल, र रिक्वेस्ट मनी जस्ता सुविधाहरू प्रस्तुत गर्न अग्रणी रहेको छ । यी अपडेटहरू नमस्ते पे को डिजिटल भुक्तानी समाधानलाई सबैका लागि पहुँचयोग्य बनाउन, डिजिटल विभाजनलाई कम गर्न र नेपालमा वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्न गरिएको निरन्तर प्रयासको एक हिस्सा हो ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

जस अनुरुप एसट्रीक ५०० ह्यास डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन् । रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन् । नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले युसएसडी (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्दछन् ।