केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट देशका उत्कृष्ट ४५ वटा विद्यालय सम्मानित

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट देशका उत्कृष्ट ४५ वटा विद्यालय सम्मानित

काठमाडौं, असार २६

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको दोस्रो संस्करणको ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ सम्पन्न भएको छ । मंगलबार कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना भएको उक्त कार्यक्रम शैक्षिक क्षेत्रमा अब्बल साबित भएका संस्थागत र सामुदायिक विद्यालयहरूलाई सम्मानित गर्दै सम्पन्न भएको हो । राष्ट्रिय सभा, नेपालका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यमा भएको यस कार्यक्रमबाट राष्ट्रिय परीक्षा बोर्डले उत्कृष्ट ठहर्‍याएका देशभरका १४ सामुदायिक विद्यालय र शैक्षिक परिणाममा उत्कृष्ट रहेका ३१ निजी तथा आवासीय विद्यालयहरूलाई सम्मान भएका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले शिक्षाको गुणस्तर नीतिगत रूपमै सुधार्न आवश्यक रहेको बताए । 

‘विद्यार्थीको हातमा सर्टिफिकेटसँगै ज्ञान र सीप चाहिन्छ, नेपालमा शिक्षाको विकास क्रमलाई सन्तोषजनक मान्न सकिन्छ, तर अझै पनि शिक्षाको गुणस्तर भने चिन्ता मान्नु पर्ने अवस्थामा रहेको छ,’ उनले भने । दाहालले अझै साक्षरता दर शतप्रतिशत पुगि नसेको पनि जानकारी दिए । शिक्षाको गुणस्तर वृद्धिमा सबै क्षेत्र लाग्नु पर्ने उनको तर्क छ । शैक्षिक क्षेत्रमा एक प्रतिष्ठित अवार्डको रूपमा परिचित केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्मा लगायत शिक्षा क्षेत्रसँग सम्बन्धित संघ संस्थाका पदाधिकारीको सहभागिता रहेको थियो । 

यस्तै, माननीय, योगेश भट्टराई लगायतका राजनैतिक दलका नेताहरूको पनि कार्यक्रममा उपस्थिति थियो । कार्यक्रममा ‘शिक्षा क्षेत्रका प्रोज्ज्वल नक्षत्र २०८१’ बाट लामो समयदेखि अनवरत रुपमा शैक्षिक क्षेत्रमा योगदान पुर्याउनु भएकी चाँदनी जोशी सम्मानित हुनुभयो । १९ वर्षको उमेरमा काठमाडौंको पद्मकन्या क्याम्पसमा अंग्रेजी साहित्यमा अध्यापन गराउँदै अंग्रेजी विभाग प्रमुख बनेर उहाँले शिक्षा क्षेत्रमा दिएको योगदान अन्त्यन्तै अतुलनीय छ ।

यसै गरी नेपालको शिक्षा क्षेत्रमा अतुलनीय योगदान गरिरहेका ५ जना विशिष्ट शिक्षासेवीलाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान–२०८१’ बाट सम्मान भएका छन् । उक्त सम्मानबाट सावित्री टण्डन, सूर्य कार्की, प्रा.डा. श्रीराम भगत माथे र सुप्रभात भण्डारी सम्मानित हुनुभएको छ । सो कार्यक्रममा विभिन्न स्कुल-कलेजका विद्यार्थीहरू सहित करिव १५ सय जनाको सहभागी रहेको थियो । कार्यक्रममा ‘करियर काउन्सिलिङ’ सेसन पनि राखिएको थियो । खेमराज लकाई, रञ्जित आचार्य, मनोज ज्ञवाली, अमित अग्रवाल र निशा अधिकारीले सो सेसनबाट आफ्नो अनुभवका साथै अहिलेका विषयहरूलाई समेटेर प्रस्तुति दिएका थिए । 

कुन विद्यालयले के पाए अवार्ड ?

निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरूले शिक्षा क्षेत्रमा गरेको योगदान, प्लस टुको एनईबीबाट विद्यार्थीले ल्याएको उत्कृष्ट नतिजा आदि विषयलाई मूल्याङकन गर्दै केन्द्रबिन्दुले वर्षेनी सफल विद्यालयलाई सम्मान गर्दै आएको छ । शैक्षिक क्षेत्रमा आफूलाई स्थापित गरी आफ्नो पहिचान बनाएका उत्कृष्ट ३१ वटा निजी तथा आवासीय विद्यालयहरू केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट सम्मानित भएका हुन् । नेपालको समग्र शिक्षा क्षेत्र उकास्न निजी क्षेत्रको पनि महत्त्वपूर्ण योगदान छ भन्ने ठहर गर्दै उक्त विद्यालयलाई केन्द्रबिन्दुले सम्मान गरेको हो । 

उक्त कार्यक्रमबाट ललितपुरमा रहेको प्रसादी एकेडेमीले हिस्टोरिकल लिगेसी अचिभर्स अवार्ड प्राप्त गरेको छ । प्रसादीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको बताइएको छ । यस्तै, शिक्षा क्षेत्रमा आफूलाई सफल विद्यालयको रूपमा स्थापित गराएको काठमाडौं मोडेल सेकेण्डरी स्कुल (केएमसीं), बागबजार पनि सम्मानित भएको छ । केएमसीले कमिन्टमेन्ट टु क्वालिटी एजुकेसन अवार्ड हात पार्न सफल भएको हो । 

ट्रिनिटी इन्टरनेशनल स्कुल एण्ड कलेजले पोपुलर च्वाइस अवार्ड, एनसीसीएस सेकेण्डरी स्कुल, पकनाजोलले मस्ट कन्सिसटेन्ट एकेडेमी अवार्ड,  पिनाकल एकेडेमी, ललितपुर र काठमाडौं बनहार्ट स्कुल एण्ड कलेजलाई बेष्ट पर्फर्मेन्स एक्सिलेन्स अवार्ड प्राप्त गरेको छन् । यसै गरी गोल्डेनगेट इन्टरनेशनल सेकेण्डरी स्कुलले बेष्ट लर्निङ सेन्टर अवार्ड, जेभियर इन्टरनेशनल कलेजलाई बेष्ट प्लस टु ओभरल पर्फर्मेन्स अवार्ड, आइएसटी सेकेण्डरी स्कुलले बेष्ट इन्टर्नसिप प्लेसमेन्ट अवार्ड र सेन्ट लरेन्स स्कुल एण्ड कलेजलाई प्रेस्टिजियस प्लस टु अवार्डबाट सम्मानित गरिएको छ ।  

नेशनल स्कुल अफ साइन्सले लिगेशी अफ सक्सेस अवार्ड, अरनिको आवासीय सेकेन्डरीले प्रतिष्ठित प्लस टु आउट अफ भेल्ली अवार्ड र जेभियर एकेडेमी,  लाजिनपाटले  लिगेशी अफ सक्सेस अवार्ड प्राप्त गरेका छन् । यस्तै किस्ट कलेज एण्ड स्कुलले बेस्ट इनोभेटिभ टिचिङ प्राक्टिस अवार्ड, भिएस निकेतन सकेण्डरी स्कुल, मिनभवनले बेस्ट एकेडेमी इनभाइरोमेन्ट अवार्ड,  लिटल एन्जल्स सेकेण्डरी स्कुल, हात्तिवनले बेस्ट हिस्टोरिकल एचिभमेन्ट अवार्ड र काठमाडौं मोडेल सेकेण्डरी स्कुल बालकुमारी कमिन्टमेन्ट टु एक्सिलेन्स इन एजुकेशन अवार्डबाट सम्मानित भएको छ  । 

रिलायन्स इन्टरनेसनल एकेडेमी, चावहिलले आउटस्टैंडिंग एजुकेसन प्रयाक्टिस अवार्ड, समृद्धि स्कुल, वनस्थलीले बेस्ट एजुकेसन लिडरसिप अवार्ड, ब्रजवाटर इन्टरनेसनल सिनामंगलले एक्सीलेन्स इन म्यानेजमेन्ट एजुकेशन अवार्ड, नेपाल काष्ठमाण्डप स्कुल एण्ड कलेज कलंकीले बेस्ट एकेडेमी इनभाइरोमेन्ट अवार्ड र द टाइम्स इन्टरनेसनल स्कुल एण्ड कलेज, डिल्लीबजारले बेस्ट एकेडेमी अवार्ड पाएका छन् । 

लिभरपुल इन्टरनेशनल स्कुल एण्ड कलेजलाई एक्सीलेन्स इन एजुकेशन इनोभेसन अवार्ड, ट्रिटन स्कुल एण्ड कलेज, कोठेश्वरलाई आउट स्टयानडिङ प्रफमेन्स अवार्ड, मोर्गन इन्टरनेशनल कलेजलाई बेस्ट एजुकेशन आउटरिच अवार्ड, मदरल्यान्ड सेकेण्डरी स्कुल पोखरालाई कनसिस्टेन  एकेडेमी प्रफमेन्स अवार्ड, युनिग्लोब सेकेण्डरी स्कुललाई बेस्ट स्टुडेन्ट इन्गेजमेन्ट अवार्ड र टेक्सास इन्टरनेशनल कलेजले डाइनमिक एजुकेशन, लिडरसिप अवार्ड पाएको छ । 

यसैगरी  सीसीआरसी  कलेजले बेस्ट साइन्स कलेज अवार्ड, मोडर्न स्कुल÷कलेज भक्तपुरले इनोभेसन लर्निङ अवार्ड, नेपाल मेगा कलेजले बेस्ट एजुकेशन आउटरिच अवार्डबाट सम्मानीत भएका छन् । 

यी हुन् सम्मानित १४ सामुदायिक विद्यालय 

नेपाल सरकारले सामुदायिक विद्यालयमा गरेको लगानी बढ्दो छ । देशका विभिन्न विद्यालय मध्ये केही विद्यालय यस्ता छन्, जसको पठनपाठनको कार्य नै नमुना छ । परिणाम स्वरुप उक्त विद्यालयहरू उत्कृष्ट मात्र हैन अब्बल पनि छन् । उक्त सामुदायिक विद्यालय अध्ययनरत विद्यार्थीले एनईबीमा ल्याएको उत्कृष्ट नतिजा, पठनपाठनमा तरिका आदि सबै विषयलाई निहालेर १४ वटा सामुदायिक विद्यालयलाई केन्द्रबिन्दुले सम्मान गरेको छ । सम्मान पाउने सामुदायिक विद्यालय निम्न रहेका छन् । 

१.श्रीपोखरिया मावि, विराटनगर 
२.श्रीमोहनमाया मावि, बिर्तामोड 
३.श्री शंकरगुद्धार माध्यमिक विद्यालय, रौतहट
४.श्री मावि, रौतहट
५.श्रीविश्व निकेतन मावि, काठमाडौं
६.श्री बज्रबाराही मावि, ललितपुर 
७.श्री अमरसिंह माध्यमिक विद्यालय, कास्की
८.श्रीबालमन्दिर विद्यालय, कास्की
९.श्री बीपी कोइराला मावि, दाङ
१०.श्री कालिका मानवज्ञान मावि, रुपन्देही
११.श्री त्रिभुवन जनता मावि, सल्यान 
१२.श्री जनता माध्यमिक विद्यालय सल्यान 
१३. श्रीसेटीगाउँ मावि, बैतडी
१४. श्री लटिनाथ मावि, दार्चुला