अवैध लागूऔषध सहित ५ जना पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

काठमाडौं, असार २६

कैलालीको टिकापुर नगरपालिका–९ खग्रौला चेकपोष्ट नजिक सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित बर्दिया राजापुर नगरपालिका–२ बस्ने १९ वर्षीय किशोर चौधरी समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–२० राँझा बस्ने ४५ वर्षीय ललन पठानलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

झापाको दमक नगरपालिका–८ मुनालटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम सहित सोही नगरपालिका–८ किरात चोक बस्ने ३३ वर्षीय आस नारायण मारापाचे र २८ वर्षीय तारा राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले आस नारायणको डेरा कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।