जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

मुस्ताङ, असार २६

घरपझोङ गाउँपालिका–४ जोमसोम बस्ने ६३ वर्षीय टिक बहादुर श्रीसको शर्मिला होटेलमा जुवातास खेलिरहेको अवस्थामा टिक बहादुर समेत ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९९ हजार ९० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।