२३ अंकले बढ्यो नेप्से, बिकास बैंक बाहेक सबै समुहले कमाए

२३ अंकले बढ्यो नेप्से, बिकास बैंक बाहेक सबै समुहले कमाए

काठमाडौं, असार २६

नेप्से उच्च अंकले बढेको छ । आज बुधबार नेप्से २३ दशमलव २५ अंकले बढेर २१ सय ७५ दशमलव ४० अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७२ अंकले बढेर तीन सय ८५ दशमलव ७५ अंकमा चढेको छ ।नेप्सेमा आज तीन सय २२ पटकको कारोबारमा ७२ हजार सात सय १४ पटकको कारोबारमा एक करोड ५२ लाख ९६ हजार सात सय ३९ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम पाँच अर्ब ७४ करोड ४० लाख ८३ हजार तीन सय ९१ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा बिकास बैैंक समुहको सुचक घटेपनि बाँणिज्य बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक भने बढेका छन् । नेप्सेमा आज बलेफी हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी कमाएको छ भने बुद्धभुमी नेपाल हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।