नेपाली लुब्रिकेन्ट बजारमा असाधारण प्रर्दशन गरे वापत आईएमई मोटर्स मोटुल इन्डिया एलिट क्लबमा समावेश

नेपाली लुब्रिकेन्ट बजारमा असाधारण प्रर्दशन गरे वापत आईएमई मोटर्स मोटुल इन्डिया एलिट क्लबमा समावेश

काठमाडौं –

नेपालका लागि मोटुल लुब्रिकेन्टको आधिकारिक वितरक आईएमई इलेक्ट्रिक प्रालि नेपालमा सो लुब्रिकेन्ट बिक्री–वितरण प्रारम्भ गरेको ६ महिनामै ‘मोटुल इन्डिया एलिट क्लब’SnaÚ (MOTUL INDIA ELITE CLUB)   मा समावेश भएको छ । 

आईएमई ग्रुप नेपालको एक प्रतिष्ठित व्यावसायिक समूह हो । सो ग्रुप अटोमोबाइल, बैंकिङ, रेमिटेन्स, ट्रेडिङ, आइटी, कम्युनिकेसन, टेक्नोलोजी, इनर्जी, टुरिजम, हस्पिटालिटी, होटल, इन्स्योरेन्स, लजिस्टिक, रिटेल, इन्फोटेनमेन्ट लगायतका विभिन्न व्यवसायमा संलग्न रहेको छ । 

आईएमई इलेक्ट्रिक आईएमई ग्रुप अन्तर्गतको एक कम्पनी हो । यसले गत २०२३ डिसेम्बर देखि नेपालमा मोटुल लुब्रिकेन्टको बिक्री–वितरण प्रारम्भ गरेको थियो र छोटो समयमै उत्कृष्ट प्रदर्शनको लागि अन्तर्राष्ट्रिय स्तरको प्रशंसा प्राप्त गरेको छ । 

विश्वव्यापी रुपमा ‘सिन्थेटिक लुब्रिकेन्टको विशेषज्ञ’ को पहिचान कायम गरेको मोटुल फ्रेन्च कम्पनी हो, जसले पर्फमेन्स प्रोडक्टको उत्पादन र बजारीकरणका लागि विशेषज्ञता हासिल गरेको छ । विगत १५० वर्ष भन्दा लामो समय देखि मोटुल क्वालिटी, इनोभेसन र रेसिङका लागि पर्यायबाची बनेको छ । मोटुल कमर्सियल भेइकल, कार, मोटरसाइकल, थ्री ह्विलर, ट्रयाक्टर र इन्डष्ट्रियल सेक्टरका लागि हाई–पर्फमेन्स लुब्रिकेन्ट उपलब्ध गराउने कार्यमा विशेषज्ञ मानिन्छ । 


 

मोटुल  इन्डियाले हालै चेक रिपब्लिकको प्रागमा एलिट क्लब कन्फ्रेन्स सम्पन्न ग¥यो, जहाँ भारत, नेपाल, बंगलादेश र श्रीलंकाका टप पर्फमेन्स गरेका डिस्ट्रिब्युटर सहित उत्सव मनाइएको थियो । नेपाली बजारमा उल्लेखनिय उपलब्धि हासिल गरे वापत मोटुल इन्डियाको सो प्रतिष्ठित एलिट क्लबमा आईएमई इलेक्ट्रिक समेत अन्य सहभागीका साथ संलग्न रह्यो । 

असाधारण रुपमा कार्यमा समर्पित भएर बिक्री बढाए वापत डिष्ट्रिब्युटर तथा डिलरलाई मान्यता प्रदान गर्न सो कन्फ्रेन्स आयोजना गरिएको थियो । सो मान्यताले आईएमई इलेक्ट्रिकले गरिरहेको द्रुत विकास र यसले नेपालमा लुब्रिकेन्ट उद्योगमा पार्ने प्रभावलाई जोड दिन्छ । 

‘म मोटुल इन्डियाको प्रतिष्ठित एलिट क्लबमा समावेश हुन पाएकोमा वास्तविक रुपमा सम्मानित र खुसीको अनुभव गरेको छु । यो मान्यता हाम्रो सम्पूर्ण टिमले गरेको कठिन कार्य, समर्पण र असाधारण प्रदर्शनको परिणाम हो । यस्ता प्रतिष्ठित साथीहरुका बिचमा सम्मानित हुन पाउनु नै एक महत्वपूर्ण उपलब्धि हो र यो सम्मानले हाम्रो उद्योगमा गरिएको उत्कृष्टता र नवीनताप्रतिको प्रतिबद्धतालाई अझै सुदृढ बनाउछ । म यस मान्यताका लागि मोटुललाई हृदयदेखि कृतज्ञता व्यक्त गर्दछु । आगामी दिनमा हाम्रो यो सफल साझेदारी निरन्तर रहने र अझै ठूला उपलब्धिका लागि साथै मिलेर काम गर्न तत्पर रहने छु ।’, आईएमई मोटर्स तथा आईएमई इलेक्ट्रिकका सीईओ हेमन्त पुराणिकले भन्नुभयो । 

आईएमई इलेक्ट्रिकले नेपाली लुब्रिकेन्ट बजारमा मार्केट लिडर बन्ने क्रमलाई तीव्रता दिइरहेको छ र यसका लागि मोटुलको रणनीतिक साझेदारी तथा ग्राहक सन्तुष्टिका लागि गरिएको सक्रिय दृष्टिकोण वापत धन्यवाद व्यक्त गर्दछ । गुणस्तरीयता र नवीनताका लागि कम्पनीले गरेको समर्पणबाट ग्राहक र उद्योग क्षेत्रमा कार्यरत सबैलाई फाइदा पुगेको छ । 

‘महत्वपूर्ण उपलब्धि वापत एलिट क्लबमा समावेश हुन सफल भएकोमा सम्पूर्ण आईएमई इलेक्ट्रिक टिमलाई मोटुल इन्डिया बधाई ज्ञापन गर्दछ । माथिल्लो तहको असाधारण नेतृत्व र आईएमई टिमको अटल प्रतिबद्धताले यो महत्वपूर्ण वृद्धि, नवीनता र उत्कृष्टता ल्याएको हो । आईएमई जस्तो महत्वपूर्ण साझेदार पाएकोमा हामी गौरवान्वित छौ र यस्तै सफलता तथा सहकार्य लामो समय चल्ने अपेक्षा गर्दछौ । यो महत्वपूर्ण उपलब्धिका लागि हेमन्त पुराणिक र सम्पूर्ण आईएमई ग्रुपलाई  बधाई ।’, मोटुल इन्डियाका सीईओ नागेन्द्र पाईले भन्नुभयो ।