पोखराको नयाँबजारमा टिभिएसको नयाँ शोरूम

पोखराको नयाँबजारमा टिभिएसको नयाँ शोरूम

पोखरा, असार २७

स्क्वायर मोटर्सले पोखरामा टिभिएसको नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । पोखराका नयाँबजारमा स्थापना गरिएको शोरुमको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गरे । शोरुम पोखराका स्थापित व्यवसायीद्वय आदर्शमान श्रेष्ठ र विनोज पोटेले सञ्चालनमा ल्याएका हुन् । टिभिएसको नेपालको आधिकारिक बिक्रेता जगदम्वा मोटर्सले केही दिन अघिमात्र कास्कीका लागिस्क्वायर मोटर्सलाई नियुक्त गरेको थियो । कार्यक्रममा पोखरा महानगर प्रमुख आचार्यले विद्युतीय सवारी बिक्री गर्ने कम्पनीलाई महानगरले सदैव साथ दिने प्रतिवद्धता जनाए । पर्यटकीय शहर पोखराको सौन्दर्य र वायु प्रदुषण न्यूनीकरणमा समेत विद्युतीय सवारीको खाँचो भएको उनले स्पष्ट पारे । 

स्क्वायर मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कुटरका आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ । जसमा विभिन्न टिभिएस मोडेल उपलब्ध गराइने स्क्वायर मोटर्सका कार्यकारी अध्यक्ष आर्दशमान श्रेष्ठले बताए । उनका अनुसार टिभिएस सवारीसाधनको प्रदर्शनसँगै शोरूमले स्पेयर पाट्र्स र सवारीसाधन मर्मत सम्भारसहितका सेवा प्रदान गर्नेछ ।

स्क्वायर मोर्टसले पोखराको नयाँबजारमा सुविधा सम्म्पन्न शोरुमसहित स्पेयर पाट्र्स र सवारीसाधन मर्मत सम्भारका लागि पोखराको प्रस्याङमा सुविधासम्पन्न सर्भिस सेन्टर स्थापना गरेको कम्पनीका कार्यकारी निर्देशक विनोज पोटेले जानकारी दिए । पोखरामा टिभिएसलाई उच्च स्तरका उत्पादन र सेवा उपलब्ध गराउने प्रतिवद्धता स्क्वायर मोटर्सको छ । जगदम्बा मोटर्स नेपालमा टिभिएसका दुईपाँग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरक हो । देशभर १ सय ५० भन्दा बढी डिलरको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकलाई सन्तुष्ट बनाउन सफल भएको टिभिएसको मार्केटिङ प्रमुख धनीराम भुसालले बताए ।

गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपूर्जाको उपलब्धताका कारणनै टिभिएस नेपालको सर्वाधिक रुचाइएको टूह्वीलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको भुसालको भनाइ छ ।