नेप्सेमा उच्च बृद्धि, सुचक तथा कारोबार रकम दुबै बढे

नेप्सेमा उच्च बृद्धि, सुचक तथा कारोबार रकम दुबै बढे

काठमाडौं, असार २७

नेप्से उच्च अंकले बढेको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से २९ दशमलव २१ अंकले बढेर २२ सय चार दशमलव ६१ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ९० अंकले बढेर तीन सय ९१ दशमलव ६६ अंकमा पुगेको छ । 

नेप्सेमा आज तीन सय ३१ वटा कम्पनीहरुको ८७ हजार ८६ पटकको कारोबारमा दुई करोड दुई लाख ३७ हजार सात सय ८० कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम सात अर्ब आठ करोड छ लाख ९८ हजार एक सय ४६ रुपैंयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा लघुवित्त र व्यापार समुहको सुचक घटेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक बढेका छन् ।

नेप्सेमा आज बलेफी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले सबैभन्दा बढी कमाएको छ भने समाज लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।