दक्षिण कोरियाको ६५ वर्ष वा सोभन्दा बढी उमेरको जनसङ्ख्या एक करोड भन्दा माथि

दक्षिण कोरियाको ६५ वर्ष वा सोभन्दा बढी उमेरको जनसङ्ख्या एक करोड भन्दा माथि

सियोल, २७ असार (रासस/एएफपी) :

दक्षिण कोरियाको ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसङ्ख्या एक करोड नाघेको गृह मन्त्रालयले बिहीबार जनाएको छ । दक्षिण कोरियामा कूल जनसङ्ख्याको पाँच करोड १२ लाख ६९ हजारको १९.५१ प्रतिशत जनसङ्ख्या ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहको रहेको मन्त्रालयले प्ष्टि गरेको छ ।

सन् २०१३ जनवरीमा ११.७९ प्रतिशत रहेको वृद्धवृद्धाको अनुपात सन् २०१७ जनवरीमा १३.६० प्रतिशत, सन् २०१९ डिसेम्बरमा १५.४८ प्रतिशत र सन् २०२२ अप्रिलमा १७.४५ प्रतिशत पुगेको छ । दक्षिण कोरिया ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका २० प्रतिशतभन्दा बढी जनसङ्ख्या भएको देशलाई सम्बोधन गर्ने अति वृद्ध समाजको नजिक पुगेको छ । यहाँ ६५ वर्ष वा सोभन्दा माथिका पुरुषको सङ्ख्या ४४ लाख २७ हजार ६८२ रहेको छ भने महिलाको सङ्ख्या ५५ लाख ७२ हजार ३८० रहेको छ ।

सियोल महानगरीय क्षेत्रमा बसोबास गर्ने वृद्धहरू ४४ लाख ९० हजार पुगेको छ भने नगरभन्दा बाहिरी क्षेत्रमा ५५ लाख १० हजार रहेका तथ्याङ्कले देखाएको छ ।