नारायणी नदिमा यात्रुवाहक सवारी साधन दुर्घटना, सशस्त्रको गोताखोरद्वारा उद्धार कार्य शुरु

नारायणी नदिमा यात्रुवाहक सवारी साधन दुर्घटना, सशस्त्रको गोताखोरद्वारा उद्धार कार्य शुरु

काठमाडौं, असार २८

भरतपुर महानगरपपालिका–२९ सिमलतालस्थित नारायणी नदिमा असार २८ गते बिहान अन्दाजी ३ बजे दुई वटा यात्रुवाहक सवारी साधन दुर्घटना भएको छ । अविरल वर्षासँगै आएको पहिरोमा परी लामो दुरीमा चल्ने दुई वटा गाडी सो स्थानमा खसेको हो ।

पर्साको बिरगंजबाट काठमाडौतर्फ आउँदै गरेको माईक्रो र काठमाडौबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको यात्रुवाहक बस नदिमा बेपत्ता भएको हो । दुर्घटनाको खबरपछि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित २५ जना सुरक्षा फौज घटनास्थलमा पुगी उद्धार कार्य सुरु गरेको छ ।