अबरुद्ध सडकहरु खुलाउँदै सशस्त्र प्रहरी

अबरुद्ध सडकहरु खुलाउँदै सशस्त्र प्रहरी

काठमाडौं, असार २८

काठमाडांै जिल्लाको शंखरापुर नगरपालिका–१ चापाकोटस्थित साँखु मेलम्ची सडकखण्डको छाप भन्ज्याङ्गमा असार २८ गते बिहान अविरल बर्षाको कारण पहिरो गई अवरुद्ध भएको सडक खुलाईएको छ । सुरक्षा बेश लप्सिफेदीबाट खटिएको सशस्त्र प्रहरीले पहिरो हटाई सडक सुचारु गरेको हो ।

यसैगरी तनहँु जिल्लाको बन्दिपुर गाउँपालिका–१ ठुलोढुङ्गास्थित पृथ्वीराजमार्गमा र भानु नगरपालिका–३ चाम्बासस्थित डुम्रे बेशिसहर सडकखण्डमा असार २८ गते विहान आएको अविरल बर्षाको कारण माथिबाट पहिरो गई पूर्ण रुपमा अवरुद्ध भएको सडक नं. २३ गणको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले पहिरो हटाई सडक सुचारु गरेको छ ।