नेपाल वायुसेवा निगमद्धारा २०८१ आषाढ मसान्तमा जहाजको ऋण भुक्तानी

नेपाल वायुसेवा निगमद्धारा २०८१ आषाढ मसान्तमा जहाजको ऋण भुक्तानी

काठमाडौं, साउन २

नेपाल वायुसेवा निगमले २०८१ आषाढ मसान्तमा जहाजको ऋण भुक्तानी गरेको छ । अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडि जहाजको २०८१ आषाढ महिनाको किस्ताबापत पुरा र वाइडबडि जहाजकोे आंशिक गरी मिति २०८१ आषाढ ३१ गते जम्मा ४३ करोड नौ लाख ५५ हजार दुई सय एकासी रुपैयाँ रकम भुक्तानी गरेको निगमले जानकारी दिएको छ ।  

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात निगमले २०८१ आषाढ सम्मको अवधिमा पाँच अर्ब ७९ करोड ७६ लाख ४२ हजार दुई सय ४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ । साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तनीलाई सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफल समेत भइरहेको छ ।